एमालेका २८ सांसदले गरे ह्वीप उल्लंघन (नामावलीसहित)
वैशाख २७ ,काठमान्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले लिएको विश्वासको मतको पक्षमा भएको मतदानमा एमालेका २८ सांसदले ह्वीप उल्लङ्घन गरेका छन् ।
सोमबार प्रतिनिधिसभा बैठकमा भएको मत विभाजनमा एमाले नेता झलनाथ खनाल र माधवकुमार नेपाल पक्षका २८ सांसद अनुपस्थित भएका हुन्।
संसदीय दलको ह्वीप विपरीत माधवकुमार नेपाल, झलनाथ खनालसहित २० जना प्रत्यक्ष निर्वाचित र ८ जना समानुपातिक मतदानको दिन अनुपस्थित भएका हुन्।
नीहरुमध्ये एक सांसद् प्रतिनिधि सभा बैठकमा सहभागी भएपनि पक्ष/विपक्ष कतै मतदान गरिनन्। ओलीको पक्षमा ९३ मतमात्रै पाएका छन् । संसद्मा एमालेको १२१ सांसद छन् ।
विश्वास प्राप्त गर्न ओलीलाई १३६ मत आवश्यक थियो। आजको संसदमा २३२ सांसद उपस्थित थिए,हुन्छ भन्नेमा ९३ मत विपक्षमा १२४ मत परेको छ। त्यस्तै मत दिन्न भन्ने वा तटस्थमा १५ मत परेको छ।
यी हुन् माधव समूहका २८ सांसद
१. योगेश भट्टराई
२. झलनाथ खनाल
३. पवित्रा निरौला खरेल
४. भवानी खापुङ
५. जयकुमार राई
६ . यज्ञराज सुनुवार
७. गणेश पहाडी
८. विरोध खतिवडा
९. कृष्णलाल महर्जन
१०. माधवकुमार नेपाल
११. जीवनराम श्रेष्ठ
१२. नारायण खतिवडा
१३. घनश्याम भुसाल
१४. गोकर्ण विष्ट
१५. सोमप्रसाद पाण्डे
१६. मेटमणी चौधरी
१७. झपट रावल
१८. भीमवहादुर रावल
१९. दिपकप्रकाश भट्ट
२०. सुरेन्द्र पाण्डे
२१. रामकुमारी झाँक्री
२२. सरला यादव
२३. पुष्पाकुमारी कर्ण
२४ं कल्याणी खड्का
२५.निरादेवी जैरु
२६. कलिला खान (उपस्थित भए मतदान नगरेको)
२७. लक्ष्मीकुमारी चौधरी
२८. मुकुन्द न्यौपाने

