राजधानी लगायत विभिन्न स्थानमा बिना जानकारीनै विधुत कटौती गर्न सुरु

अक्सिजन आपूर्तिमा समस्या

वैशाख २८ ,काठमान्डौ – काठमान्डौ उपत्यका लगायतक विभिन्न जिल्लामा बिना जानकारीनै विधुत कटौती हुने गरेको छ। दिनमा तीन पटक बढी उपत्यकामानै विधुत कटौती हुने गरेको स्थानीयले गुनासो गरेका छन्।

तेस्तै सुनसरी विराटनगरमा पनी तालिका बिनानै विद्युत कटौती भएको छ। अहिले देशभर कोरोना सङ्क्रमणले नागरिक ग्रसित छन् भने दैनिक ५ मिनेटको फरकमा एक जना कोरोना संक्रमितको निधन हुने गरेको पाईएको हो।

विधुत कटौतीले अक्सिजन उद्योग समेत प्रभावित भएका छन् । झ्याप झ्याप बत्ती कटौती हुनले अहिले अस्पतालमा कोरोना सङ्क्रमितका बिरामीहरुको लागी अक्सिजन आपूर्ति गरिरहेका उद्योगहरु प्रभावित बनेका छन् ।

एक पटक पावर गयो भने यौटा अक्सिजन सिलिन्डर भर्ना डेढ देखि दुई घण्टा लाग्ने गरेको अक्सिजन प्लान्ट म्यानेजर बताउछन । तेस्तै विधुत जाने समस्याले अस्पताल समेतलिई प्रभावित पारेको छ। अहिले नेपालका विभिन्न अस्पतालमा बिरामीहरुको चाप ह्वात्तै बढेको छ।

अक्सिजनको माग बढेको छ ,विद्युत कटौती हुँदा अक्सिजन उत्पादन घट्छ । यस्तै कोरोना महामारी सुरु भए लगतै अक्सिजन उद्योगले अस्पतालबाहेक अन्य उद्योगलाई अक्सिजन आपूर्ति गरेका छैनन् ।

तर माग धान्न हम्मेहम्मे पर्न थालेको छ ।अस्पतालमा बिरामी राख्ने ठाँउ नभएपछि बाहिर समेत आईसोलेसन निर्माण गरिएका छन्। तेरा अक्सिजन सिलिन्डर पाउन मुश्किल छ।

विधुत प्राधिकरणका तत्कालिन निर्देशक कुलमान घिसिङ्ग हुँदा उनको कार्यकाल भित्र विधुत १ मिनेट पनि कटौती भएन। उनको कार्यकालपछि अहिले देशका विभिन्न स्थनमा विधुत कटौती हुने गरेको हो।