आगामी तिन हप्ता अत्यन्तै कठिन :जनस्वास्थ्य विज्ञ डा.रविन्द्र पाण्डे
वैशाख २९ ,काठमान्डौ – जनस्वास्थ्यविज्ञ डा.रविन्द्र पाण्डेले आगामी तिन हप्ता सम्म नेपालीको लागि अत्यन्तै कठिन अवस्था आउने बताएका छन्।
कोभिड -१९ को पहिलो लहर भन्दा दोश्रो लहरमा संक्रमण सार्ने क्षमता बढी पाईएपछि बिरामीको अवस्था जटिल देखाउने पाईएको छ। यस्तो अवस्थामा स्वास्थ्य मापदण्डलाई कडाईका साथ् पालना गर्ने माक्स प्रयोग गर्ने सबैमा सुझाव दिएका हुन्।
बुधबार सञ्चारकर्मी सङ्ग कुरा गर्दै आउने तिन हप्ता दुख सहनुपर्ने तेस्पछि संक्रमणको डर घट्दै जाने बताए । पहिलो पटकको कोरोना जस्तै यो पटकको कोरोनालाई नजरअन्दाज नगर्न र सेल्फ क्वारेईनटाईनमा बस्न पनि उनले आग्रह गरे।
उनले महामारी समुद्रको छाल जस्तो भएको र उच्च विन्दुमा पुगेपछि क्रमैसँग तल झर्दै जाने भएकाले आगामी ३ हप्ता विशेष सचेत हुनुपर्नेमा जोड दिए । अस्पतालले अक्सिजनको कारण देखाउने र बिरामीलाई फर्काउने काम नगर्न उचित उपचार र परामर्श दिएर पठाउन समेत आग्रह गरे।
यो पटक करिब ९० प्रतिशतलाई निमोनिया कोभिड भएको र धेरैलाई आईसोलेसनमानै नोको भएको बताए। अस्पतालमा अक्सिजन आपूर्ति पुरा गर्न सरकारले तत्काल कदम चाल्नुपर्ने पनि पाण्डेले बताए।
अस्पतालमा अक्सिजनको कमि छ ,बिरामीले अस्पताल भरिभराउ छन् ,अस्पतालमा बेड नपाएर बिरामीलाई जमिनमा अराखेर उपचार भईरहेको छ। यो पटक एकजना संक्रमित भयो भने सबैजना संक्रमित हुने अवस्था छ ।
अहिलेको अवस्थालाई हेर्दा हाम्रो स्वास्थ्य संरचनाले धान्न नसक्ने हो कि भन्ने स्थिति देखापरेको छ । त्यो कारणले गर्दा यो ३ हप्ता चाहिं हाम्रा लागि निकै कठिनपूर्ण छ । रकारले लकडाउनलाई थप कडाई गर्नुपर्ने पनि उनले बताए।


