गृहमन्त्री बादल लागायतका सबै मन्त्रीले फेरी सपथ खाने
वैशाख ३१ ,काठमान्डौ – प्रधानमन्त्री ओलीले नियुक्त गरेका गृहमन्त्री राम बहादुर थापा बादलले आजै सपथ खाने भएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले नियुक्त गरेका सबै मन्त्रीले आज सपथ खाने भएका हुन्।
गत २७ गते प्रधानमन्त्री ओलीले संसदमा विश्वासको मत गुमाईसकेपछि उनु पद मुक्त भएका थिए। प्रधानमन्त्री ओली पदमुक्त भए उनले नियुक्त गरेका सबै मन्त्री पदमुक्त हुन्छन।
करिब ३८ महिनाअघि नेकपा माओवादी केन्द्र र नेकपा एमालेको बामगठबन्धनको सहयोगमा दुई तिहाइ बहुमतको प्रधानमन्त्री बनेका ओली आफ्नै कार्यशैलीका कारण सहयात्री दलहरूको विश्वास क्रमशः गुमाउँदै अल्पमतमा पुगेका थिए ।
पार्टी भित्रको अन्तरविरोधपछि एमालेनै फुट स्तिथिमा पुगेको थियो। गत पुष ५ गते प्रधानमन्त्री ओलीले संसद विघटन गरेपछि झनै दलभित्र भूकम्प आयो उनिविरुद नेपालमा रहेका सबै दलले आन्दोलन गरे संसद विघटनविरुद्द सर्वोच्चमा रिट दायर भयो ,संसद पुनर्स्थापना भयो सबै पार्टीले खुसियाली मनाए।
माधव नेपाल र प्रचण्डले आपसमा लड्डु वितरण गरे। अन्तत केपी शर्मा ओलीको बहिर्गमनमा लागेका सबै पार्टीका अदाल असफल हुन पुगेका छन्। प्रचण्डले पार्टी भित्र छलफल गरेर केपी ओली सरकारलाई दिएको समर्थन फिर्ता लिए ,केपी ओलीले गत २७ गते संसदमा विश्वको मत लिए तर असफल भए र पदमुक्त भए।
प्रधानमन्त्री ओलीले २७ वैशाखमा संसदको विश्वास पाउन नसकेपछि राष्ट्रपतिले तीन दिनभित्र संविधानको धारा ७६ (२) अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा सरकार गठनका लागि आह्वान गरेकी थिइन् ।
वैकल्पिक सरकारको गठनमा जुटेका नेपालि कांग्रेस ,माओवादी ,जसपाको एक समूह असफल भएपछि केपी शर्मा ओलीनै पुन : प्रधानमन्त्रीमा नियुक्त भएका हुन्। ओलीले आजै राष्ट्रपति निवासमा सपथ खाने छन्।

