Gold
Bangad salyan

पूर्वरानी कोमल शाह अस्पतालबाट डिस्चार्ज

वैशाख ३१ ,काठमान्डौ – कोभिड-१९ संक्रमित भएपछि नर्भिक इन्टरनेशल हस्पिटलमा उपचार गराईरहेको पूर्व रानी कोमल शाह आज डिस्चार्ज भएकी छिन। उनीसँग ४ बजे पूर्व अधिराजकुमारी प्रेरणा शाह पनि अस्पतालबाट डिस्चार्ज भएको अस्पतालले जनाएको छ ।

तेस्तै पूर्व राजा ज्ञानेन्द्र शाह भने यो भन्दा अगाडीनै डिस्चार्ज भईसकेका छन्। कोरोना संक्रमण भएपछि उपचार गराईरहेकी पूर्वरानी कोमल शाहको अवस्था जटिल बन्दै गएपछिउनलाई अक्सिजनको हाइफ्लो सपोर्टमा राखेर उपचार गरिएको थियो ।

तेस्तै उनीमाथि अक्सिजन निरन्तर घटेपछि आइसीयूमा राखेर केही दिन उपचार गरिएको थियो भने अन्त्यमा प्लाज्मा थेरापी विधिबाटसमेत उपचार गरिएको थियो। अहिले उनको अवस्था सामान्य बनिसकेपछि अस्पतालले डिस्चार्ज गरेको बताएको हो।