थप ८ हजार ५२० जनामा संक्रमण पुष्टि एकै दिन २०३ को मृ,त्यु
वैशाख ३१ ,काठमान्डौ – गत २४ घन्टामा कोरोना संक्रमणबाट २०३ जनाको मृत्यु भएको छ ,यो पछि हालस सम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ४,हजार ६६९ पुगेको छ।
यस्ता आज थप ८ हजार ५२० जनामा संक्रमण पुष्टि भएको छ। २० हजार ९९८ पीसीआर र ५३० एन्टिजेन परीक्षणमा सो संख्या फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रलयले जनाएको हो। पछिल्लो २४ घण्टामा ६ हजार १३५ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् ।
उओ पछि संक्रमणमुक्त हुनेको संख्या तीन लाख २७ हजार ६५३ पुगेको छ भने कुल कोरोना संक्रमणको संख्या ४ लाख ३९ हजार ६५८ पुगेको छ । यस्तै हालसम्म सक्रिय संक्रमितको संख्या एक लाख ७ हजार ३३६ पुगेको छ ।हाल ३३४ जना आईसीयूमा र ३७१ जना भेन्टिलेटरमा उपचारभईरहेको मन्त्रालयले जनाएको छ ।

