कर्णाली प्रदेश अस्पतालले आजदेखि थप संक्रमित भर्ना नलिने यस्तो छ( विज्ञप्ति )
जेठ १ ,सुर्खेत – कर्णाली प्रदेश अस्पताल सुर्खेतले आज देखि थप संक्रमितका बिरामी भर्ना नलिने जनाएको छ। प्रदेश अस्पतालले शुक्रबार बेलुका एक सूचना जारी गर्दै अक्सिजनको अभाव हुँदा शनिबारदेखि कारोनाका थप नयाँ बिरामी भर्ना लिन नसकिने जनाएको हो।
नेपालगञ्जबाट अक्सिजनको आपूर्ति हुने गरेको र अक्सिजन आउन छाडेका कारण कोरोनाका नयाँ बिरामी अस्पतालले भर्ना लिन नसक्ने प्रदेश अस्पतालका निर्देशक डा. डम्बर खड्काले बताए ।
निर्देशक खड्काद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘नेपालगन्जबाट आउने अक्सिजन यस अस्पतालमा आपूर्ति हुन नसकेका कारण हाल कोभिड–१९ को संक्रमण भई यस अस्पतालमा भर्ना हुन आउने बिरामीलाई भर्ना गर्न नसकिने व्यहोरा जानकारी गराइन्छ ।
तेस्तै प्रदेश अस्पतालले सूचना जारि गरेपछि स्थानीयले सरकारको आलोचना गरेका छन्। देशमा कोरोनाको महामारीले अक्सिजन नपाएर दैनिक जस्तो सयौको संख्यामा बिरामीले ज्यान गुमाउनु परेको थाहा हुँदापनि सरकार कानमा तेल हालेर सुतेको नागरिकले बताएका छन्।
तत्कालै अक्सिजन सिलिन्डरको व्यवस्थापन गरि संक्रमित बिरामीहरुको ज्यान बचाउन समेत स्थानीयले प्रदेश सरकारको ध्यानाकर्षण गरेका हुन्। हाल प्रदेश अस्पतालमा दुईवटा अक्सिजन प्लान्ट छन्, त्यसबाट उत्पादन हुने अक्सिजनले बिरामीलाई थेग्न सक्ने अवस्था छैन ।
अहिले हाल करिब १०० सिलिन्डर अक्सिजन उत्पादन हुँदै आएको छ । तर, अस्पतालमा दैनिक ३०० बढी अक्सिजन आवश्यक पर्छ। अहिलेपनि प्रदेश अस्पतालमा ९२ जना जटिल प्रकृतिका संक्रमित उपचाररत रहेको निर्देशक खड्काले बताए ।अक्सिजन प्लान्ट सञ्चालनमा आए पनि हाइफ्लो अक्सिजन दिन सक्दैन, नेपालगञ्जबाट अक्सिजन आउन छाडेको यस्तॉ वास्था आएको खड्का बताउछन।


