जिल्ला अस्पताल सल्यानमा आजदेखि अक्सिजन प्लान्ट सञ्चालन

जेठ १ ,सल्यान – कर्णाली प्रदेश जिल्ला अस्पताल सल्यानमा आजदेखि अक्सिजन प्लान्ट सञ्चालनमा आएकाे छ। कर्णाली प्रदेश सरकारकाे ५१ लाख आर्थिक सहयाेगमा जिल्लामा पहिलोपटक अक्सिजन प्लान्ट सञ्चालनमा आएको हो ।

स्थापना भएकाे प्लान्ट १५ सैयाकाे भएता पनि अन्य सामाग्री सर्टेजका कारण हाललाई ८ देखि १० वटा बेडकाे पुग्ने जिल्ला अस्पताल सल्यानले जनाएको छ। अक्सिजन प्लान्ट नहुँदा कोरोनाका जटिल बिरामीलाई जिल्ला ल्याउनुपर्ने बाध्यता थियो।

सुर्खेत र जुम्लामा अक्सिजन प्लान्ट भएपनि सल्यानमा पहिलो पटक प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीको ताकेतामा अक्सिजन प्लान्ट जोडीएको हो ।