केपि ओली ज्यु तपाईलाई अलिकति पनि लाज लागेन लास माथी बसेर आफ्नो कुर्सि जोगाउन
काठमान्डौ – प्रधानमन्त्री ज्यु तपाई आफ्नो आयु लम्ब्याउदै गर्दै सितल निवासमा सफद खादै गर्दा अक्सिजनको खोजी गर्दै -गर्दा कती जन्ताहरू अक्सिजन नपाएर अकालमा तड्पिएर मृत्यु हुनु परेको छ।
त्यो हेक्का राख्नु भएको छ केपि ओली ज्यु ।
तपाईनै हैन आफ्नो आयु लम्ब्याउन दुई दुई पल्ट मृगौला प्रत्यारोपण गरेर अहिले देशको प्रमुख हुनु भएक। यदी तपाईंले मृगौला नपाएको भय तपाईको आयु लम्ब्याउन सम्भव थियो र केपी ओली ज्यु?
अहिले तपाई राष्ट्रको प्रमुख ठाँउमा हुनुहुन्छ तर तपाईंले जन्ताको जीबन रक्षाको लागि एउटा अक्सिजन पनी मिलाउन सक्नुभएन कती जन्ताहरू तड्पिएर मृत्यु हुनु परेको ।
तपाई नै हैन रामयोध्धा जस्तो प्रधानमन्त्री कार्यालयबाट उदघाटन गर्ने हजारौँ भिड जम्मा गरेर अनी धरहरामा सयौंको संख्यामा भिड जम्मा गर्ने हजुरनै हैन। अनी कोरोना रोकथामको पूर्व तयारी केही गर्नु भयो, अहिले सरकार सब गन्दै बसिरहेको छ दैनिकी मृत्यु हुने संख्या गन्दै बस्दै प्रत्रकार सम्मेलन गर्दै यती मृत्यु भए भन्दै दिन कटाई रहेको छ अहिलेको सरकार ।
यो एक पटक फेरि कोरानासँग भिष्ण संघर्ष गर्न बाध्य भएको अवस्थामा सरकार भयर पनी बिहिन जस्तो भयको छ ,मानौँ अहिले नेपालमा कुनै सरकार प्रमुख छैन। आखिर नेपालका संघीय र प्रदेश सरकारका प्राथमिकता के हुन् ?
सरकारको अहिलेको प्राथमिकता कोरोना व्यवस्थापनका सन्दर्भमा यसै अनुकूल हुनुपर्ने हो, तर दुःखसाथ भन्नुपर्छ अवस्था त्यसअनुकूल छैन । सम्पूर्ण विश्व अहिले कोरोनाविरुद्धको संघर्षमा व्यस्त छ । विश्वका सरकार आफ्ना जनताको ज्यान कसरी जोगाउने भन्ने चिन्ता र ध्याउन्नमा तल्लीन छन् ।
तर, नेपालका सरकार प्रमुख प्रधानमन्त्री र राष्ट्रपति देखि,अन्य मन्त्रीसहित संघदेखि प्रदेशसम्मका सरकारहरूको प्राथमिकता भने फरक छ । यहाँका सबै तहका सरकार आफ्नो सत्ता जोगाउने आफ्नो आयु लम्ब्याउने विषयलाई नै महत्व दिइरहेका छन्,।
तर यहाँ प्रधानमन्त्री र मन्त्रीउनी हरूलाई जोकोही मरोस मत्लब छैन मत्लब छत कसरी आफ्नो कुर्सि बचाउने आफ्नो कार्यकाल लम्ब्याउने र केही प्रदेश मन्त्री हरू फेर्ने र प्रदेश प्रमुख नियुक्ती गर्न राजदुतहरू नियुक्ति गर्ने सम्बैधानिक आयोक हरू नियुक्ति गर्ने ब्यास्ता छ अहिलेको सरकार !अनी सरकार कहाँ छ भनेर जन्ताले विश्वास गर्ने?
अहिले कोरोनाको सम्भावित आतंक र महामारीसँग जुध्न आवश्यक तयारी गर्नुपर्ने, अक्सिजनको जोहो गर्नुपर्ने, अस्पताल, औषधि, उपचार सामग्री, स्वास्थ्यकर्मी, आइसोलेसन, होल्डिङ सेन्टर, क्वारेन्टाइन, मास्क, सेनिटाइजर, खोप आदि बन्दोबस्त गर्नुपर्ने संवेदनशील वेला हो सरकारको प्रमुख दायित्व हो ।
विडम्बना गर्नुपर्ने काम गर्न छाडेर संघदेखि प्रदेशसम्मका सरकार राजनीतिक नियुक्ति , प्रदेश सरकार बचाउने नाममा प्रदेश केही मन्त्री हरू हेरफेर र प्रदेश प्रमुख लाई हटायर नयाँ आफ्नो पार्टीको कार्यक्रता नेता नियुक्तीको नाउमा आफ्नो कुर्ची बचाउन व्यस्त छन्,।
संघीय सरकार सहित प्रदेश सरकार तर अर्कोतिर आमजनता कोरोनाका कारण मृत्युवरण गर्न बाध्य छन् दैनिक २०० भन्दाबढीले अक्सिजन नै नपाएर तड्पिएर मृत्यु हुनुपरेको छ भोलिको दिनमा यसको सख्या सोचेँ भन्दा धेरै माथी हुने छ आँकलन गर्न मुस्किल छ ।
हजारौंले उपचार नपाएर अक्सिजन नभएर हस्पिटलको बेड नपाएर हस्पिटलको भुहीमा सुतेर उपाचर गरिएको छ र तड्पिएरहेका छन । स्थिति नाजुक छ दुःखद छ, मृत्युको ताण्डव मच्चिरहेको छ वर्तमानमा लोकतान्त्रिक आवरणका नेपालका सरकारहरू कथित इतिहास बनाउने र सत्ता जोगाउने ध्याउनमा छ ।
हास्यास्पद प्राथमिकतालाई कार्यान्वयन गर्न सक्रिय देखिएका छन् र यसको नेतृत्व गरिरहेको छ, केपी शर्मा ओलीको सरकार अहिले कुम्भकर्ण जस्तो सुती बसेको छ ।अहिले कोरोना संक्रमितको मृत्यु हुने सयौंको सख्या बढ्दै गएको छ।
मोर्नेको भोलिको दिनमा हाम्रो देश नेपाल यस्तै हो भने इटलीको जस्तो हालतमा पुग्न टाढा छैना यो स्थिति नआउला भन्न सकिंदैन सरकारको यस्तै लापरबाही र अक्सिजनको जोहो गर्न तिर लागेना भने हाम्रो पनी भोलि के हुने हो स्थिति भन्नसकिँदैन।अहिले दैनिकी जन्ता अक्सिजन र हस्पिटलकोबेडको खोजीमा छन तर प्रधानमन्त्री र अन्य मन्त्री हरू सितल निवासमा सफद खादै बधाई थाप्दै छन ।
अहिले सबै राजनीतिक दल लाई समेटेर सर्बदलीय एउटा कोरोना रोकथाम कमिटी बनाउनु पर्ने बेला सरकार आफैं नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले केही दिन अघि मात्र आफ्नो सामाजिक सञ्जाल फेसबुकमा अत्यन्तै मार्मस्पर्शी फेसबुक स्ट्याटस राखेर आफ्नो बुहारीलाई बचाउन नसकेको कुरा सार्वजनिक गर्नुभएको थियो। । जबकी श्रेष्ठ राज्यको उच्च तहमा पुगिसकेका र राजनीतिक शीर्ष नेताभित्र पर्छन्।
राजनीतिक तथा प्रशासनिक हिसाबले सहज पँहुच भएका नेता श्रेष्ठले कोरोनाबाट सङ्क्रमित आफ्नो बुहारीलाई उपचार गराउन नसकेर मृ,त्यु भएको कुरा सार्वजनिक गरेपछि अनेकन टिकाटिप्पणी हुन थालेको थियो।
सिकिस्त बिरामी (बुहारी) का लागि अस्पतालमा बेड नै नपाएको, आइसियु र भेन्टिलेटर त परको कुरा हो भन्ने अनुभूति सार्वजनिक गर्नु भयको श्रेष्ठले सामाजिक सञ्जाल फेसबुकमा।
सुरुमा अस्पतालहरुको ढोका ढक्ढक्याउदा इमर्जेन्सी र अक्सिजनसहितको बेड नपाएको श्रेष्ठको गुनासो थियो ‘केही दिनदेखि नै अस्पतालहरुको ढोका ढक्ढक्याउँदा सुरुमा इमर्जेन्सी र अक्सिजनसहितको बेड समेत पाइएन, आइसियु र भेन्टिलेटर त परको कुरा,’ उनले भने पछी बुहारीको मृत्यु भयो र हार्दिक श्रद्धान्जली भन्दै दिदै आफ्नो फेसबुकमा यो देशमा सरकार जुन तयारी गर्नु पर्थ्यो नगरिएको भनेर चौतर्फी विरोध भएको थियो।
सामजिक सन्जालमा यस्तो उच्च तहका नेता हरूलाई अहिले बेड पाउन गारो छ तर सरकार भन्छ हामी संग प्रसस्त बेड छ भन्दै हिँड्छ जन्ता हरूले अहिले हस्पिटलको बाहीरा ग्राउण्ड मा पाल टागेर उपचार गराही रहेका छन।
सरकारले महामारीलाई प्राथमिकतामा राख्ने र गम्भीरताका साथ महामारी नियन्त्रणका उपाय गर्नु पर्ने हो जन्ताको जिबन रक्षाको लागि सरकाको दाइत्तो हो तर यहाँ सरकार भने सत्ता जोगाउन सासंद किनबेच र सासंद हरूलाई रिसोर्टमा राखेर भोज गर्दै छ ।
यदी यो देशमा जन्ताको सरकार छ भनेर कसैले भन्छ भने एउटा सामान्य नागरिकले आफ्नो नैसिरक अधिकार बाट बन्चित हुनु पर्ने अबस्था किन आयो यदी एउटा सामान्य नागरिकले पाउने अधिकारबाट बन्चित भयर निशुल्क स्वास्थ्य उपचार नपाएर ज्यान गुमाउनु भनेको सरकारलेनै हत्या गरेको ठहरिन्छ।
हस्पिटलमा बेड नपाएर भुहीमा सुतेर उपचार गराउनु परेको छ अहिले केही काठमाडौँ नाम चलेका निजी हस्पिटलमा लुटन्त्र चलिरहेको छ ।हेम्स हस्पिटलमा एकदिनको कोरोना संक्रमित बिरामी संग पचास हजार सम्म असुल्दै छ।
एउटा सामान्य मजदुर किसानले कसरी तिर्न सक्छन यत्रो रकम बिहान बेलुका खान नपाउने स्थितीमा यस्तो लुटन्त्रमा सरकारकोपनी केही मान्छे हरूको मिलोमतो मा लुटन्त्र चलिरहेको छ, अलि देश लकडाउन बन्दा बन्दीमा छ ।
गरिखाने बर्ग हरू अलि सबै बन्दा कोठामा छन तिनी हरूलाई कती दिन सम्म पुग्ला खान त्यसको केही हिसाब गरेको छैना यहाँ अब रोगले र भोगले मोर्ने सख्या बढ्दै जान्छ! सरकारले न हस्पिटलमा अक्सिजनको जोहो गर्न लागेको छ न आईसीलोसन ब्यवस्थापन मा लागेको छ खाद्यान्नको भण्डार नै गर्न लागेको छ सरकार।
लागेको छत केबल आफ्नो कुर्सि जोगाउन र आफ्ना केही मान्छेलाई लुटन्त्र मच्चाउनमा ब्यास्त छ सरकार अनी आम नागरिकले कहाँ सरकार छ भन्ने अनुभूति गर्न पाउने। केपी जि तपाईत सुरक्षित हुनुहुन्छ सिसाको काउन्टर भित्र बस्नुभएको छ।
तर यहाँ तपाईको जन्ता एउटा हस्पिटलमा बेड नपाएर छट्पटाएर मृ.त्यु हुनुपरेको छ। अनी तपाई राष्ट्रको प्रमुख अभिभावक कसरी भनौ तपाईंलाई प्रधानमन्त्री तपाई त राक्षसी मन्त्रीपो हुनुभएको रहेछ ।तपाईंको के बिचौलिया हरूत पैसा छँदै छ जहाँ गयरनी उपचार गर्लान ।
तर एउटा ज्यामी मज्दरी गर्ने आम नागरिकले कहाँ गयर उपचार गर्ने प्रधानमन्त्री ज्यु कोरोनाको उपचार गर्न नपाएर मृ,त्यु भएकालाई सरकारको बेवास्ताले मारिएको भन्ने मिल्छकी मिल्दैन केपी ओली ज्यु।
आफ्नो देशको नागरिकको बाँच्न पाउने मौलिक अधिकारको संरक्षण गर्न नसक्ने सरकार र सरकार प्रमुखले मृत्युको तमासा हेरेर बस्ने सरकारलाई के सरकार भन्ने अनी कस्तो हुन्छ सरकार तर विपतको सामनाको लागि पुर्व तयारीमा सरकारले चाँसो नदेखाएको हो भन्ने सबै घटना क्रमले बताउँछ।
अहिले हाम्रो देश जस्तो सानो देशमा कोरोना संक्रमितको सख्या दिन प्रतिदिन बृद्दि हुदै जाँदा यहाँ भयावह स्थिती सिर्जना भइरहेको छ। यस्तो अवस्थामा सरकार तमासा हेरेर बस्नेकी आफ्नो नागरिक हरूलाई स्वाथ्य उपाचर गर्नमा लाग्ने हो ।
बिगत र अहिलेको दैनिकी बर्तमानको कोरोना पाठ नसिक्ने सरकार अनी र सरकारका प्रतिनिधिहरुले आजको भयावह अवस्थालाई कसरी सामना गर्ने भन्नेतिरा लाग्नुपर्ने बेला हो यहाँ सरकार सरकारको प्रतिनिधिहरू कमिसनमा खोप ,केही निजी हस्पिटल संग सम्झौता गरेर कमिसनको खेल खेल्दैमा ब्यस्तता छ अहिलेको सरकार।
अहिले कोरोना महामारीको मौका छोप्दै बजारमा कृत्रिम अभाव देखाएर दैनिक उपभोग्य खाद्यान्न साग्रीमा फेरी कालोबजारी मौलाउन थालेको छ ।तर सरकारलाई केही मतलब छैन ,अहिले जन्ता हरू रोग र भोगले मोर्दै छन तर सरकार भने आफ्नो कुर्ची जोगाउदै आयु लम्ब्याउन मा ब्यस्त छ।
राजनीतिक भेटघाट र आफ्ना कार्यकर्ता हरूलाई ब्याबस्थापन र बिचौलियाको पक्षमा सरकार अहिले आम जन्ताले आफ्नो देशमा सरकार भयको १०० प्रतिशत अनुभूति गर्न पाएको छैन, सरकार दैनिकी मृत्यु हुनेको लासमाथी बसेर आफ्नो कुर्सि जोगाउन ब्यस्त छ ,धन्यहोस केपी ओली ज्यु तपाई जस्तो नेता अबको दिनमा यो देशले भोग्न नपरोस्।
युवा नेता धिरज उपरकोटी

