Gold
Bangad salyan

कोरोना महामारी रोकिने विश्वासमा देवीलाई बलि

जेठ २ ,जाजरकोट – कोरोना महामारी रोकिने विश्वासमा गाँउलेहरु मिलेर देवीलाई बलि चढाएका छन्। कोरोना महामारी छिट्टै नियन्त्रणमा आउने विश्वासमा जाजरकोटको नलगाड नगरपालिका,८ हल्चौरमा कालिका माई देवीलाई बलि (बोका) चढाइएको हो ।

कोरोना महामारीको अहिले सम्म कुनै औषधि नबनेको भन्ने सुनेका छौ ,अहिलेपनि नेपालमा धेरैको यो कोरोनाले ज्यान गैसक्यो। नलगाडमा एक जनप्रतिनिधको मृ,त्यु भईसकेको छ,थप एक जनालाई कोरोना देखिएको छ । छिमेकी रुकुम पश्चिमको आठबीसकोटमा अहिले व्यापक मात्रामा कोरोना बढिरहेको छ।

यसको रोकथाम गर्न र बाँच्ने उपाए भनेकै देवीको शरणभन्दा अर्को छैन स्थानीयवासी हरिबहादुर खत्रीले भने । जाजरकोटमा झाडापखाला रोग नियन्त्रणका लागि पनि यहाँका गाउँलेहरु देवीको शरणमा जाने गर्दछन। गाउँलेहरुले पैसा जम्मा गरी उठाएको रकमबाट बोका खरिद गरी देवताका नाममा बलि दिने चलन रहेको खत्रीले बताए।

हल्चौर जुम्ली सिञ्जाका न्यौपाने खत्रीहरुको बाहुल्य रहेको गाउँ हो । यहाँ जुम्लाकै मष्टो देवता मनाउने गरिन्छ ।यही जेठ १२ गते मष्टो देवतालाई बलि दिने गरी शनिबार बोकाको भाकल गरिएको छ ।

शनिबारदेखि रातभर खर्कराती गर्ने (गाउँभरिका मानिस जम्मा भएर देवताको मन्दिरमा जाग्राम बस्ने) योजनाका साथ गाउँलेहरु मन्दिरमा जम्मा भएको खत्रीले बताए ।मष्टा देवता र कालिका माईबाहेक अरुले यो रोग नियन्त्रण गर्न नसक्ने धामी हर्कबहादुर खत्रीले बताए ।