जसपा संसदीय दलको नेतामा महतो चयन भएको पत्र संसद सचिवालयमा
जेठ ४ ,काठमान्डौ – जनता समाजवादी पार्टीको संसदीय दलको नेतामा राजेन्द्र महतो चयन भएको पत्र संसद सचिवालयमा दर्ता भएको छ ।
पार्टी अध्यक्ष महन्थ ठाकुरले महतो संसदीय दलको नेता चयन भएको पत्र मंगलबार संसद सचिवालयमा पठाएका थिए ।
संसद सचिवालयले उक्त पत्र दर्ता भईसकेको छ। यो संगै जनता समाजवादी पार्टी नेपाल (जसपा)का अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवबीच राजेन्द्र महतोको संसदीय दलको नेताको पद खारेज गर्ने सहमति भाँडिएको छ ।