Gold
Bangad salyan

बहुमत सांसद सदस्यको हस्ताक्षर सहित शिर्ष नेताहरु शितल निवासमा

जेठ ७ ,काठमान्डौ – बहुमत सांसद सदस्यको हस्ताक्षर सहित शिर्ष नेताहरु शितल निवासमा पुगिसकेका छन्।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकाको दाबी गर्दै १४९ सांसदहरुको हस्ताक्षर सहित नेताहरुले शितल निवास पुगेका हुन्। हस्तक्षर गर्नेमा नेपाली कांग्रेसका ६१, माओवादी केन्द्रका ४९ -एक (स्वतन्त्रसहित), माधव नेपाल समूहका २७ र जसपाका १२ सांसद रहेका छन् ।

नयाँ सरकार बनाउन संसदमा हाल कायम २७१ सांसदमध्ये बहुमत १३६ जना चाहिन्छ । संविधानको धारा ७६(५) अनुसार सरकार गठन गर्ने प्रयोजनका लागि बहुमत सांसदको हस्ताक्षर जुटेसँगै विपक्षी गठबन्धनका नेताहरु शीतल निवास लागेका हुन् ।