Gold
Bangad salyan

प्रधानमन्त्री ओली पनि शितल निवासमा

जेठ ७ ,काठमान्डौ – प्रधानमन्त्री केपी शर्मा ओली पनि राष्ट्रपति कार्यालय शितल निवासमा पुगेका छन्।आफ्नो पक्षमा सरकार बनाउने दाबि सहित ओली विपक्षी गठबन्धनभन्दा पहिले नै शितल निवास पुगेको पाईएको छ।

जनता समाजवादी पार्टीको महन्थ-राजेन्द्र समूहका सांसदहरूको हस्ताक्षर बिहीबार राति नै प्रधानमन्त्रीलाई बुझाइसकेको एक सांसदले बताए। हामीले चाहिने जति हस्ताक्षर हिजो राति नै बुझाईसकेको छौ ,तेही ह्स्ताक्षर लिएर प्रधानमन्त्री ओलीले जानु भो होला।

राष्ट्रपतिले ओलीलाई नै प्रधानमन्त्री नियुक्त गर्ने ति सांसदले दाबी गरे। यस्तै यता विपक्षि गठबन्धनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा दाबी पेश गर्ने भाड्ने १४९ जनाको हस्ताक्षर सहित शितल निवासमा पुगेका छन्।