Gold
Bangad salyan

राष्ट्रपतिले भनिन्- ‘म कानुन पनि हेर्छु, प्रधानमन्त्री पनि दावी गर्न आउनुभएको छ

जेठ ७ ,काठमान्डौ – राष्ट्रपतिले संविधान र कानून हेरेर विज्ञहरुसित परामर्श पछि मात्र प्रधानमन्त्री नियुक्तिबारे निर्णय लिने बताएकी छन् ।

१४९ सांसदको हस्ताक्षरसहित कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री दावी गरिएको पत्र लिएर शितल निवास पुगेका विपक्षी गठबन्धनका नेताहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीले आफूले कानुन पनि हेर्ने बताएकी हुन् ।

विपक्षि गठबन्धनका नेताहरु पुग्नुभन्दा पहिले प्रधानमन्त्री केपी शर्मा ओली पनि शीतल निवास पुगेका थिए । प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले र जसपाका गरी १५३ सांसदको समर्थन आफूलाई रहेको दावी राष्ट्रपतिसमक्ष पेश गरेका छन् ।

तर केपी ओलीले सांसदहरुको कृते हस्ताक्षर गरेर बुझाएकोले कुनै अर्थ नहुने पाईएको छ। किन कि संविधानको धारा ७६(५) अनुसार सांसदले आफ्नो विवेक प्रयोग गरेर हस्ताक्षर गर्न पाउने भएकाले देउवाको पक्षमा उभिएको बताएका एक नेताले जानकारी दिए ।

नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ प्रकाशले संवैधानिक र नैतिक रुपमा ओलीले दाबी गर्न नमिल्ने बताए । हिजो मात्र विश्वासको मत लिने अवस्था छैन भनेर मार्गप्रशस्त गर्छु भनेका ओलीले फेरि बहुमत छ भनेर दाबी गर्नुको अर्थ नहुने उनले बताए ।