संसद् विघटनविरुद्ध विपक्षी ५ दलको निष्कर्ष: आईतबार सर्वोच्च जाने

काठमान्डौ – संसद विघटन गरि मध्यावधि चुनावमा जाने राष्ट्रपति र प्रधानमन्त्रीको कदम विरुद्ध विपक्षी ५ दलका नेताहरु आइतबार सर्वोच्च अदालत जाने भएका छन् ।

आज वानेश्वरमा बसेको बैठकले प्रधानमन्त्री शेरबहादुर देउवालाई समर्थन गरेर राष्ट्रपतिसमक्ष हस्ताक्षर बुझाएका पाँचै दलका १४९ जना सांसद सर्वोच्च जाने निर्णय गरेको हो।

नेपालको संविधानको धारा ७६ को उपधारा ३ अनुसार बनेको प्रधानमन्त्रीले उपधारा ४ अनुसार विश्वास लिनुपर्ने बाध्यकारी व्यवस्था हुँदासमेत त्यसको उल्लंघन भएको र यसको कानुनी उपचार खोज्ने विपक्षी गठबन्धनले निर्णय गरेको छ ।

नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधवकुमार नेपाल समूह, जनता समाजबादी पार्टीको उपेन्द्र समूह र राष्ट्रिय जनमोर्चाको आज बसेको वैठकले यस्तो निर्णय गर्दै भोलि १ बजे सांसदहरुलाई नागरिकतासहित बोलाईएको हो।