प्रचण्ड नेपालबीच छलफल सुरु

जेठ ८ ,काठमान्डौ -नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले नेता माधवकुमार नेपालबीच छलफल सुरु भएको छ । नयाँ बानेश्वरस्थित संसद् भवनमा विपक्षी गठबन्धनको बैठक सकिएलगत्तै उनीहरु छलफलमा जुटेका हुन्।

छलफलमा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ, दिनानाथ शर्मा र एमाले नेता भीम रावल पनि सहभागी छन् । ५ विपक्षी दलको बैठकले राष्ट्रपति– प्रधानमन्त्रीको कदमविरुद्ध राजनीतिक र कानुनी लडाइँ लड्ने निर्णय गरिसकेको छ ।

उनीहरू त्यसकालागि आइतबार सर्वोच्च अदालत जाने तयारी पनि गरेका छन् ।शुक्रबार राति प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा भंग गरी कात्तिक २६ र मंसिर ३ गतेका लागि मध्यावधि निर्वाचनको घोषणा गरेकी छन् । राष्ट्रपति र प्रधानमन्त्रीको यो कदम असंवैधानिक भएको भन्दै चौतर्फी विरोध भएको भैरहेको छ ।