Gold
Bangad salyan

राष्ट्रपतिलाई तपाईं भन्ने सभ्यता पनि रहेनछ : प्रधानमन्त्री ओली

जेठ ८ ,काठमान्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको भाषाप्रति टिप्पणी गर्दै आपत्ति जनाएका छन् ।

शनिबार बालुवाटारमा बुद्धिबहादुर रायमाझीको १६ वर्षे जेल जीवन पुस्तक सार्वजनिक कार्यक्रममा बोल्दै ओलीले देउवाले विज्ञप्तिमा प्रयोग गरेको भाषाप्रति टिप्पणी गरेका हुन्।

राष्ट्रपतिलाई ‘तपाईं’ समेत भन्न हुँदैन भन्ने ठानेको भन्दै देउवाको भाषाप्रति उनले आपत्ति जनाएका हुन्। ओलीले कांग्रेससँग सभ्यता नभएको बताए। तपाईँ पनि भन्नु हुँदैन राष्ट्रपतिलाई भन्ने ठान्छन्।

असभ्य तरिकाले बोल्ने तिनै आफूलाई महान ठान्छन्’ ओलीले भन। कांग्रेसको विज्ञप्ति हेरे मैले जसमा राष्ट्रपतिलाई उनि तिनी भनेर भाषा प्रयोग गरिएका छन्।देउवाको भाषा देखेपछि गणतन्त्र खुइल्याउने अभियान कहाँसम्म पुगेको रहेछ भन्दै अचम्मा परेको ओलीले बताए।