प्रधानन्याधीश र प्रधानमन्त्रीबीच भेट भएको छैन :सर्वोच्च

,काठमान्डौ -प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबरा र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटघाट नभएको सर्वोच्च अदालतले जनाएको छ ।

सर्वोच्चले मंगलबार एक विज्ञप्ति जारी गर्दै गएराति दुवैजनाबीच भेट भएको भनी सञ्चारमाध्यमहरुमा आएको विवरण सत्य नभएको भन्दै आफ्नो गम्भिर ध्यानाकर्षण भएको जनाएको हो ।

यस्ता भ्रमपूर्ण कपोकल्पित समचारको भ्रम नपर्न भन्दै सर्वोच्च अद्लातले यस्ता क्रियाकलापलाई ‘कानूनी दायरामा ल्याउने’ सक्नेपनि चेतावनी दिएको छ ।

न्यायपालिका आम नागरिकको आस्था विश्वास र भरोसाबाट संचालनहुने राज्यको स्वतन्त्र संस्था हो। न्यायपालिकाको मर्यादा र गरिमामा आँच आउने किसिमबाट प्रकासित प्रकासित तथ्यहीन र भ्रामक समाचार सच्याउन पनि सर्वोच्च अदालतले जनाएको छ ।