Gold
Bangad salyan

प्रतिनिधि सभा विघटनबारे १९ रिट प्रधानन्यायाधीश राणाको एकल इजलासमा

जेठ १३ ,काठमान्डौ – प्रतिनिधि सभा विघटनको विरुद्ध सर्वोच्च अदालतमा परेका रिटहरुको सुनुवाइ प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको बेन्चमा हुने भएको छ ।बिहीबार पेशी तोक्दा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले १९ रिट आफ्नो एकल इजलासमा राखेका छन्।

सर्वोच्च अदालतका अनुसार राष्ट्रपति कार्यालय शितल निवासलाई विपक्षी बनाइएका १९ वटा रिटको सुनवाई चोलेन्द्र शम्शेरले आफ्नो बेन्चमा आजै गर्दैछन। संवैधानिक इजलासमा सुनुवाइको माग गरिएका ११ रिटको भने जेठ १४ गते शुक्रबारका लागि पेशी तोकिएको छ ।

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले धारा ७६(५) बमोजिमको प्रधानमन्त्री नियुक्ति हुने आधार नरहेको भन्दै संसद विघटन गरी मध्यावधि निर्वाचन घोषणा गरेपछि त्यसविरुद्ध ३० वटा रिट दर्ता भएका छन् ।

संसद विघटन असंवैधानिक भएको जिकीर गर्दै र धारा ७६(५) अनुसार शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्नुपर्ने माग गर्दै विपक्षी गठबन्धनका १४६ जना सांसदले पनि सर्वोच्च अदालतमा रिट दर्ता गरेका छन् । गत जेठ ७ गते मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरी आगामी कात्तिक २६ र मंसिर ३ गते निर्वाचनको मिति तोकिएको छ ।