संसद विघटन मुद्दामा अदालतले न्याय दिन्छ पुरा विश्वास छ: देउवा
जेठ १३ ,काठमाण्डौ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा विघटनको मुद्दामा सम्मानित सर्वोच्च अदालतले न्याय दिने बताएका छन्।
नेपाल प्रेस युनियनको ३० औं वार्षिक उत्सवको अवसरमा बिहीबार अनलाइन माध्यमबाट सम्बोधन गर्दै देउवाले संसद विघटनविरुद्द आन्दोलन गर्दै सडकमा जान्नु नपर्ने जिकिर गरेका हुन्।
राष्ट्रपतिले मध्यरातमा असंवैधानिक रुपमा संसद विघटन गर्नुभएको छ। हाइले न्याय खोज्ने अदालत हो अहिले कोरोनाको महामारी छ मानवीय नातालेपनि सडकमा जानु उचित हुँदैन।हामीले अद्लाअतमा न्याय मागिसकेका छौ।
हामीलाई विश्वास छ अदालतले न्याय दिन्छ उनले भेन। राष्ट्रपतिले दिएको कम समयमानै मा १४९ जना बहुमत सांसदको हस्ताक्षरसहित राष्ट्रपतिलाई भेट्न पुगेको छु। विश्वास नलागे सांसदलाई बोलाएर सोध्नुपर्ने हस्ताक्षर जाँच गर्नुपर्ने सांसदको समर्थन दोहोरो परेको भन्दै नियुक्ति दिन अस्वीकार गर्नुपर्छ ।
देउवाले अगाडी भने प्रधानमन्त्रीले त गल्ति गर्यो गर्यो राष्ट्रपतिले पनि गल्ति गर्ने। राष्ट्रपतिजस्तो मान्छेले प्रधानमन्त्रीले भनेको मात्र मान्नु हुन्थेन ,प्रधानमन्त्री र राष्ट्रपतिले असंवैधानिक हस्तक्षेप गरेर मुलुकमा राजनीतिक संकट पैदा गरेको देउवाले बताए ।

