बारपाकमा कोरोना भयावह भएपछि तत्काल स्थलगतरुपमा एण्टीजेन टेष्ट गर्नुपर्ने नारायणकाजी श्रेष्ठको माग
जेठ १४ ,गोरखा- नेकपा माओवादी केन्द्रका प्रभावशाली नेता नारायणकाजी श्रेष्ठले गोरखा बारपाकमा कोरोना संक्रमणले भयावह लिईरहेको हुँदा चिन्ता व्यक्त गरेका छन्।
केहि दिन गाडी मात्र स्वास्थ्य सामग्री र चिकित्सकको टोलि सहित नेता श्रेष्ठ गोरखा सुलिकोट गाँउपालिका पुगेर आएका थिए। त्यो बेला स्थलगतमा स्वस्थ्यकर्मीले चेक जाँच गर्दा ७८ जनाको एण्टीजेन टेष्टमा ३३ जनामा कोभिड संक्रमण (पोजिटिभ) देखिएको थियो ।
चिकित्सकहरुले पोजिटिभ केसहरुको स्वास्थ्य परीक्षण गरी आवश्यक परामर्श र केही औषधी दिएपछि कोरोनाले भयावह लिनसक्ने भन्दै सम्बन्धित निकायलाई आइसोलेसन सेन्टर सहित आवश्यक प्रबन्धहरुको लागि सुझाव दिएर नारायणकाजी श्रेष्ठ फर्कीएका थिए।
गोरखा बारपाकमा अहिले एक हजार बढीमा कोरोना संक्रमित फैलिसकेको छ भने दुई सातामा १२ जनाको मृ,त्यु भएको छ।गोरखाको बारपाकमा करिब ५ हजार बढी बस्ति छ।
सघन बस्ती भएकाले तत्काल सबैको स्थलगतरुपमा एण्टीजेन टेष्ट गर्नुपर्ने र संक्रमितहरुको स्थलगतरुपमै चिकित्सकहरुद्वारा स्वास्थ्य परीक्षण गरी सामान्य , मध्यम र गँभीर केसहरु छुट्ट्याई उपचारको योजना बनाउनु पर्ने नेता श्रेष्ठले माग गरेका हुन् ।आज प्रदेश जिल्ला र गाँपालिकाबाट चिकित्सक सहितको टोली त्यहाँ गएको छ।उक्त टोलीको रिपोर्ट समेतको आधारमा थप कार्ययोजना बनाउनुपर्नेछ।
अहिले तत्काल नै निम्न कुरामा अत्यन्त आवश्यक देखेकोले सँघीय स्वास्थ्य्मन्त्री ,स्वास्थ्य सचिव ,प्रदेश ,डिसिसिएमसि र गाँउपालिकासँग श्रेष्ठले कुरा गरेको पनि बताए ।यस्तो संकटकालमा नेता श्रेष्ठले तत्काल राज्यले नागरिकको ज्यान बचाउनमा ध्यानदिनुपर्ने कोरोना नियन्त्रण गर्न निम्न सुझावमा अपिल गरेका छन् ।
गोरखा जिल्ला बारपाक सुलिकोट गाँउपालिकाको बारपाकमा कोभिड महामारीको प्रकोपले भयावहरुप लिई केही दिन भित्र कोभिडका कारण १२ जनाको दुःखद निधन भइसकेको छ। म उहाँहरुप्रति हार्दिक श्रध्दाञ्जली अर्पण गर्दछु र शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना ब्यक्त गर्दछु।
म आफै गतहप्ता मात्र केही चिकित्सक , ल्याब टेक्निसिएन र स्वयंसेवकसहित डिसिसिएमसि एवं स्थानीय सरकारसँगको सँयोजनमा बारपाक गएको थिएं । कोभिडको पहिलो लहरदेखिनै मेरो नीजि सचिवालय अन्तर्गत क्रियाशील कोभिड स्वयँसेवा समुह (Covid Volunteer Service CVS )को आयोजनामा जिल्लाका बिभिन्न भागहरुमा जाने क्रममा त्यहाँ गएको थिएँ । बारपाकमा त्यसबेला ७८ जनाको स्थलगत एण्टीजेन टेष्ट ३३ जनामा कोभिड संक्रमण (पोजिटिभ) देखिएको थियो । टोली मा जानुभएका चिकित्सकहरुले पोजिटिभ केसहरुको स्वास्थ्य परीक्षण गरी आवश्यक परामर्श र केही औषधी दिनुभएको थियो।त्यतिखेरनै हामीले सम्बन्धित सबै निकायहरुलाई परिस्थितिको गम्भीरतालाई ध्यान दिई आइसोलेसन सेन्टर सहित आवश्यक प्रबन्धहरुको लागि सुझाव दिएका थियौं । अहिले परिस्थिति निकै भयावह हुन पुगेको छ। सम्बन्धित सवैले मिलेर योजनावध्द पहल एवं कार्यद्वारा तत्काल संबोधन गर्न ध्यान दिइहाल्नुपर्छ ।
१ करीब ५००० जनस्ँख्या भएको सघन बस्ती भएकाले तत्काल सबैको स्थलगतरुपमा एण्टीजेन टेष्ट गरिहाल्नु पर्छ ।
२ संक्रमितहरुको स्थलगतरुपमै चिकित्सकहरुद्वारा स्वास्थ्य परीक्षण गरी सामान्य , मध्यम र गँभीर केसहरु छुट्ट्याई उपचारको योजना बनाउनु पर्छ ।
३ संक्रमित नभैसकेकाहरु सबैलाई घरमै क्वारान्टिनमा राख्नुपर्छ र घरको उपयुक्तता हेरी सामान्य संक्रमित हरुलाई होम आइसोलेसनमा राख्नुपर्छ । घरमै क्वारान्टिन र आइसोलेसनमा स्वास्थ्य्मपदण्डको पालनामा कडाइगर्नुपर्छ। त्यसको लागि एक स्वयँसेवक टोलीद्वारा निरन्तर अनुगमन गर्नुपर्छ ।
४ चार ,मुख्य कुरो , घरमा आइसोलेसनमा बस्न उपयुक्त ब्यबस्था नभएका सामान्य सँक्रमित र मध्यम प्रकारका केसहरुको लागि तत्काल ब्यबस्थित आइसोलेसन सेन्टर बनाईहाल्नु पर्छ ।अक्सिजन र मोनिटरिङ मेसिन सहितको आइसोलेसन सेन्टर हुनुपर्छ।
५ त्यहाँ नै रहने गरी एक जना कन्सल्ट्याण्ट फिजिसिएन ,कम्तिमा एकजना अर्को मेडिकल अफिसर चिकित्सक , नर्स र अन्य स्वास्थ्यकर्मीको टोली हाल त्यहीँ रहने ब्यबस्था गर्नुपर्छ ।