राम्रो काम गर्नलाई बजेट घोषणा गर्नै पर्दैन पुर्व सचिव भिम उपाध्याय
जेठ् १५, काठमान्डौ – नेपाल सरकारका पुर्व सचिव भिम उपाध्यायले मुलुकमा राम्रो काम गर्न बजेट घोषणा गर्नु नपर्ने बताएका छन।
काम चलाउ सरकारले अध्यादेश मार्फत ल्याअएको बजेट नागरिकलाई सुन्नमा मात्र सिमित हुने उन्ले बताए ।
बजेट भनेको कहॉबाट खर्च जुटाउने (आय) र कहॉ खर्च गर्ने (ब्यय) को घोषणा मात्र हो।
एउटा मात्र बजेटको घोषणा पूरा गरेको भए नेपाल उहिल्यै बिकसित भईसक्ने उन्को भनाइ छ ।
सरकारले बजेट प्रस्तुत गर्दा विनियोजन गरेको रकम अहिले सम्म कुनै जिल्ला र स्थानमा लागू नभएको पनि भिम उपाध्यायले जिकिर गरे

