खोप खरिदमा सहजीकरण गरिदिन राष्ट्रपति भण्डारीको रुसी राष्ट्रपतिलाई पत्र

जेठ १६ ,काठमान्डौ – खोप खरिदका लागि सहजीकरण गरिदिन आग्रह गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई पत्राचार गरेकी छिन।

राष्ट्रपति कार्यालयले जेठ १४ गते (शुक्रबार) परराष्ट्र मन्त्रालय हुँदै पुटिनलाई पत्राचार पठाएको छ। उक्त पत्र मस्कोस्थित नेपाली राजदूतावासले रुसको विदेश मन्त्रालयमा गएर हस्तान्तरण गर्न बताईएको छ।

राष्ट्रपति भण्डारीले कोरोनाको खोप खरिदमा सहजीकरण गरिदिन गत १३ गते चिनियाँ राष्ट्रपति सी चिनफिङसंग ४० मिनेट टेलिफोनमा कुरा गरेकी थिइन्। जवाफमा छिन्ले १० लाख डोज खोप दिने बताएको थियो।