संसद् विघटनविरुद्धको मुद्दा हेर्दा हेर्दैमा

जेठ १६ ,काठमान्डौ – प्रतिनिधिसभा विघटनसम्बन्धी मूल मुद्दामा प्रवेश नगरेरै बहस सकीएको छ। संवैधानिक इजलासमा रिट निवेदक र सरकारी वकिलबीच न्यायाधीशमाथि उठेका प्रश्नको सवाल जवाफ भएपछि मु्दा हेर्दाहेर्दैमा राखिएको हो।

संसद् विघटन सम्बन्धी मुद्दाको संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीश दीपककुमार कार्की, डा. आनन्दमोहन भट्टराई, तेजबहादुर केसी र बमुकुमार श्रेष्ठ छन्।

प्रतिनिधिसभा विघटनविरुद्ध शेरबहादुर देउवासहित १४६ सांसदले दायर गरेको रिटमाथि प्रारम्भिक सुनुवाइ सुरु नहुँदै इजलास गठनलाई लिएर प्रश्न उठेको थियो ।

प्रतिनिधिसभा विघटनसम्बन्धी ३० रिट निवेदन दर्ता भएका छन्। आइतबार देउवासहितका सांसदका कानुन व्यवसायीले इजलासमा न्यायाधीश केसी र श्रेष्ठको सहभागितालाई लिएर प्रश्न उठाएका थिए ।

प्रतिनिधिसभा पुनःस्थापना गरी नेपालको संविधानको धारा (७६ )९५० बमोजिम नेपाली कांग्रेसका नेता देउवालाई प्रधानमन्त्री नियुक्त गर्न आदेशको माग गर्दै विपक्षि गठबन्धन कांग्रेस ,माओवादी केन्द्र ,एमाले माधवकुमार नेपाल समूह ,जसपा उपेन्द्र यादव समूह ,राष्ट्रिय जनमोर्चाका १४९ बहुमत सांसदले निवेदन दिएका छन्।