महन्त र राजेन्द्रलाई बाबुराम भट्टराईले भने भेंडाहरु बाख्राको बथानमा गएछन्

जेठ १७ ,काठमान्डौ – जसपाका अध्यक्ष डा. बाबुराम भट्टराईले पार्टी विभाजनको संकेत गर्दै महन्त ठाकुर र राजेन्द्र महतोलाई आ – आफ्नो बाटो लाग्न आग्रह गरेका छन्।

जसपाका अर्का अध्यक्ष महन्त ठाकुर र नेता राजेन्द्र महतोले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा जाने बुझीएपछि भट्टराईले आ – आफ्नो बाटो लाग्न आग्रह गरेका हुन्। भट्टराईले ट्वीटरमा लेखेका छन।

भेंडा भेंडासँग र बाख्रा बाख्रासँग हुन दिऊँ । हात मिलाएर आ–आफ्नो बाटो लागौं । हिंडिरहे फेरि भेट हुनेछ ।जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो र प्रधानमन्त्री केपी शर्मा ओलीबीच प्रधानमन्त्री निवासमा छलफल भइरहेको छ ।