Gold
Bangad salyan

संवैधानिक इजलासमा पुरानै न्यायाधीशहरुलाई निरन्तरता

जेठ १८, काठमान्डौ – संसद बिघटन सम्वन्धी सुनुवाई आज जारी छ रहेको छ । चोलेन्द्र शमसेर जबराले संवैधानिक इजलासमा पुरानै न्यायाधीशहरुलाई निरन्तरता दिएका छन् ।

न्यायाधीशद्वय बमकुमार श्रेष्ठ र तेजबहादुर केसीलाई संवैधानिक इजलासमा नराख्न अधिवक्ताहरुले माग गर्दै आएका छन ।

श्रेष्ठ र केसीले मंगलबारको इजलासमा आफूहरु रहने कि नरहने भनेर प्रष्टाउने बताइसकेका छन् ।

नेकपा विभाजन सम्बन्धी फैसला गर्ने न्यायाधीश श्रेष्ठ र पुनरावलोकनको माग अस्वीकार गर्ने केसीलाई इजलासमा राख्दा यसले निष्पक्ष फैसलामा असर गर्ने भन्दै अधिवक्ताहरुले उनीहरुको विकल्प खोज्न आग्रह गर्दै आएका छन् ।

यही विषयमा प्रश्न उठेपछि शुक्रबार र आइतबारको सुनुवाइ प्रभावित भएको थियो ।

सर्वोच्च बारका प्रतिनिधिहरुले मंगलबार प्रधानन्यायाधीश जबरालाई भेटेरै इजलास पुनर्गठनको विषयमा सुझाव दिने भएका छन ।

प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटहरुको सुनुवाइको लागि १४ जेठमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको नेतृत्वमा  दीपककुमार कार्की, आनन्दमोहन भट्टराई, तेजबहादुर केसी र बमकुमार श्रेष्ठ सहितको संवैधानिक इजलास गठन गरिएको थियो ।