वालुवाटारमा छलफल: एकताका लागि अन्तिमसम्म प्रयत्न जारी
जेठ १८, काठमान्डौ – नेकपा एमालेको ओली पक्षको पार्टी बैठक अहिले प्रधानमन्त्री निवास वालुवाटारमा बसिरहेको छ ।
जारी बैठकमा हालै सम्पन्न राष्ट्रिय सभाको उपनिर्वाचन, पार्टीको आन्तरिक गतिविधि, जेठ १५ गते प्रस्तुत गरिएको आर्थिक वर्ष २०७८/०७९ को बजेटको समीक्षा लगायतको विषयमा छलफल हुने बताइएको छ ।
यस्तै आजको बैठकले पार्टी एकताका लागि अन्तिमसम्म प्रयत्न जारी राख्ने निर्णय गरेको छ ।
ओली पक्षीय नेताहरु मात्र रहेको स्थायी कमिटीको मंगलबार बसेको बैठकले एकताका निम्ति अन्तिमसम्म प्रयत्न जारी राख्ने निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिएका हुन।

