Gold
Bangad salyan

प्रतिगमन मतियारसंग जोडेर कपोकल्पित षडयन्त्र नगर्न नारायणकाजी श्रेष्ठको चेतावनी

जेठ २२, काठमान्डौ – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का वरीष्ठ नेता तथा प्रवक्ता नारायणकाजी श्रेष्ठले भ्रमपुर्ण षडयन्त्रमुलक काम नगर्न चेतावनी दिएका छन ।

रिपोटर्स नेपाल नामक अनलाइनले प्रसारित गरेको समाचरका बिषयमा श्रेष्ठले यस्तो चेतावनी दिएका हुन ।

नारायणकाजीले प्रम ओलीलाई बालुवाटारमा भेटेर सरकारमा सहभागी हुने सहमति गरेको भनी प्रसारित गरेको समाचर शतप्रतिशत झुठ, कपोकल्पित र षडयन्त्रमुलक भएकोले त्यसको तीब्र भत्र्सना गर्दै उनले सामाजिक संजालमार्फत चेतावनी दिएका हुन ।

ओली नेतृत्वमा भैइरहेको प्रतिगमन,निरङ्कुशता,राष्ट्रघात र कम्युनिष्टघात बिरुध्दको संघर्षलाई सफल पार्न समेत आग्रह गरेका छन ।