Gold
Bangad salyan

मन्त्रालयमा हुँदा मैले जम्म ७ लाख कमाए परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली

जेठ २२, काठमान्डौ – निवर्तमान परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले ३९ महिना परराष्ट्रमन्त्री बन्दा समेत आफुले कहिलेपनी कमाउनेतिर नभैइ देश र जन्तातर्फ समर्पित भएको बताएका छन।

सरकारबाट बाहिरिएपछि सामाजिक सञ्जालमार्फत उन्ले झन्डै सवा तीन बर्ष पररास्ट्र मन्त्रीको रुपमा काम गरेको र यो अवसर दिने प्रधानमन्त्री केपि शर्मा ओलीलाई धन्यवाद दिएका छन ।

आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका ज्ञवालीले शुक्रबारसम्म आफुले साता लाख ४१ हजार सात सय ७५ रुपैयाँ कमाएको बताएका छन् ।

ज्ञवालीले सार्वजनिक गरेको हालको बचत अनुसार एक महिनामा १९ हजार रुपैयाँ मात्रै बचत भएको देखिएको छ ।

झण्डै सवा ३ वर्ष पदमा रहेका उनले पाएको तलब-भत्ताबाट पार्टीलाई दिएको लेभी र कर कट्टीपछिको बचत विवरण साढे सात लाखमात्रै रहेको बताएका छन् ।

सरकारबाट बाहिरिएपछि प्रयोग गरेको गाडी र ल्यापटपसमेत सरकारको जिम्मा लगाएको बताएका ज्ञवालीले झण्डै सवा ३ वर्षमा विदेश भ्रमण बापतको लेभी तीन लाख १४,नौ ३० र पारिश्रमिक बापतको लेभी ६ लाख २० हजार गरी जम्मा नौ लाख ३४ नौ सय ३० रुपैयाँ पार्टी खातामा जम्मा भएको र पारिश्रमिकको कर कट्टीबापत तीन लाख ७२ हजार चार सय ९१ रुपैयाँ १३ पैसा सरकारी कोषमा दाखिला भएको जनाएका छन्।

आफ्नो सम्पत्ति विवरणमा कुनै फेरबदल नभएको दाबी गरेका ज्ञवालीले केही घरायशी सामान एवं दुई सय जति पुस्तक थपिनु बाहेक आफुले केहि नकमाएको देखाएका छन् । सामाजिक सञ्जालमा हाल यो विषयले चर्चा पाईरहेको छ ।