Gold
Bangad salyan

मुख्यमन्त्री भट्टलाई भीम रावलले भने हार्दिक बधाई , विधि, पद्धती मिच्नेहरूले केही शिक्षा लिने कि

 

जेठ २५ , काठमान्डौ – नेकपा एमालेका नेता भीम रावलले सुदूरपश्चिम प्रदेशमा विश्वासको मत लिन सफल भएकोमा मुख्यमन्त्र त्रिलोचन भट्टलाई बधाई दिएका छन्।

आज मुख्यमन्त्री भट्टलाई नेता माधवकुमार नेपाल पक्षका १७ सांसदले विश्वासको मत दिएका थिए।

२४ सांसद रहेको एमालेका ७ सांसद प्रधानमन्त्री केपि ओली समूहका हुन। उनीहरूले भने मुख्यमन्त्रीमा भट्टलाई विश्वासको मत दिएनन्।

मुख्यमन्त्री भट्टले विश्वासको मत लिनुपर्ने कुरा जेठ २१ गते प्रदेश सभामा उठेपछि त्यसको चार दिनमै विश्वासको मत लिएकोमा पनि रावलले बधाइ दिएका छन्।

यसबाट विधि र पद्धति नमान्नेहरूले शिक्षा लिनुपर्ने रावलको जोड छ। सुदूरपश्चिम प्रदेश सभामा विश्वासको मत लिनुपर्ने कुरा जेठ २१ गते उठेपछि जेठ २५ गते नै विश्वासको मत लिने प्रस्ताव गरी सभाको विश्वास प्राप्त गर्नु भएकोमा मुख्यमन्त्री त्रिलोचन भट्टलाई बधाई,’ उनले ट्वीट गर्दै भनेका छन्, ‘विधि, विधान र पद्धति मिच्नेहरूले उहाँबाट राजनीतिक नैतिकताको केही शिक्षा लिने कि।