केपि ओलीका कारण मेरो राजनीति करियर समाप्त भो : टोप बहादुर रायमाझी
जेठ् २५, काठमान्डौ – नेकपा एमाले स्थायी कमिटीका सदस्य टोप बहादुर रायमाझीले प्रधानमन्त्री केपि ओलीको पछि लाग्दा आफ्नो सम्पुर्ण राजनीति समाप्त भएको बताएका छन ।
माओवादी केन्द्र छोडेर एमाले प्रवेश गरेपछी रायमाझीलाई माओवादी केन्द्रले कारबाही गरेको थियो ।
एमाले प्रवेश गरे पछि केपि ओलीले रायमाझी सहित सात जनालाई गैरसांसद गैरकानुनी हिसाबले उर्जा मन्त्री नियुक्त गरेका थिए ।
सर्वोच्च अदालतमा परेको रिटका कारन सातै जनाको मन्त्रीपद गुमेको थियो । यसो हुँदा उनीहरुको राजनीति करियर समाप्त भएको समेत देखिन्छ ।
केही दिन यता टोप बहादुर रायमाझी माओवादी केन्द्रले स्वीकार गरे फर्किन लागेको समाचार समेत आईरहेका छन ।
तर पार्टीको विधान जन्ताको त्याग बलिदानलाई मिचेर एमालेमा प्रवेश गरिसकेकाहरुलाई पार्टीले कदापी स्थान नदिने बताईसकेको छ ।

