Gold
Bangad salyan

वरिष्ठ कलाकार मदन कृष्ण श्रेष्ठको स्वास्थ्य सुधारोन्मुख

काठमान्डौ – वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको स्वास्थ्यमा सुधारोन्मुख अस्पताल श्रोतले जनाएको छ  ।

अचानक मुटुमा समस्या देखिएपछि कलाकार श्रेष्ठलाई गंगालाल अस्पताल भर्ना गरिएको थियो ।

शुक्रबार राती अस्पताल भर्ना गरिएका उनको शनिबार मुटुको एन्जिओप्लास्टी गरि दुईवटा स्ट्याण्ड राखिएको जनाइएको छ ।

उनी २ पटक कोरोना संक्रमित भई भर्खरै अस्पतालबाट डिस्चार्ज भएका थिए ।

केहि हप्ता अगाडी मात्र कलाकार मदन कृष्ण श्रेष्ठले अस्पतालमै जन्मदिन मनाएका थिए ।