संसद विघटन मुद्दामा सर्वोच्चले दिएन अन्तरिम आदेश असार ९ देखि निरन्तर सुनुवाइ
जेठ २६ ,काठमान्डौ – प्रतिनिधिसभा विघटनसम्बन्धीको मुद्दामा सर्वोच्च अदालतले सरकारसँग कारणदेखाउ आदेश माग्दै लिखितजवाफ मागेको छ। त्यस्तै मुद्दामा असार ९ गतेदेखि नियमित सुनुवाइ हुने पनि इजलासले निर्णय गरेको छ ।
प्रतिनिधिसभाका १४६ सांसदले धारा ७६(५) अनुसार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न, प्रतिनिधिसधा विघटन बदर गर्न अन्तरिम आदेश माग गर्दै दिएको रिटमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु दीपककुमार कार्की, ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराईको इजलासले अन्तरिम आदेश दिन भने अस्वीकार गरेको हो ।

