कर्णाली प्रदेशमा कोरोना संक्रमण उच्च : गाउँ -गाउँमा कोरोना

सुर्खेत – पछिल्लो समय विभिन्न जिल्लामा कोरोना संक्रमणको दर घट्दो भएपनि कर्णाली प्रदेशमा भने कोरोना संक्रमणको दर बढेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.कृष्णप्रसाद पौडेलले बुधबार पत्रकार सम्मेलनमार्फत कर्णालीका गाउँ -गाउँमा कोरोना संक्रमण फैलिन सुरु गरेको बताए।पौडेलका अनुसार कर्णाली प्रदेशमा ३५३ जनामा कोरोना परीक्षण गर्दा १५७ जनामा पोजेटिभ देखिएको छ ।

कर्णालीका गाँउ- गाँउमा कोरोनाका लक्षणका बिरामीहरु देखिन थालेको र संक्रमणदर उच्च बिन्दुमा पुग्न सक्ने भन्दै सम्बन्धित निकायले ध्यानदिनुपर्ने उनले बताए। यस्तै सुदूर पश्चिम प्रदेशमा ६१० जनाको परीक्षण गर्दा २२९ जनाको संक्रमण पुष्टि भएको पनि पौडेल बताए ।