Gold
Bangad salyan

प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् विस्तार गर्दै

जेठ २७ ,काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार गर्दैछन । हाल सात वटा मन्त्रालय रिक्त छन् ।, वालुवाटार श्रोतका अनुसार खगराज अधिकारिलाई गृहमन्त्रीमा र नैनकला थापालाई सञ्‍चार तथा सूचना प्रविधि मन्त्री बनाइँदैछ ।

यस्तै, नारदमुनि रानालाई वनमन्त्री, मोहन बानियाँलाई विनाविभागीय, ज्वालाकुमारी साहलाई कृषि, गणेश पहाडीलाई सामान्य प्रशासन मन्त्री, राजकिशोर यादवलाई उद्योग मन्त्री र आशा विकलाई वन राज्यमन्त्रीमा नियुक्त गर्ने तयारी रहेको छ । प्रधानमन्त्रीले अपरान्ह ४ बजे शपथ ग्रहणको तयारी गराएका छन् ।