थप ३ हजार ७४९ संक्रमित थपिए ५९ जनाको मृ,त्यु
जेठ २७ ,काठमान्डौ – गत पछिल्लो २४ घन्टामा थप ३ हजार ७ सय ४९ नयाँ कोरोनाका संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ९ सय १ जनामा पिसिआर विधिबाट परीक्षण गर्दा दुई हजार ८ सय ७४ जना र ५ हजार तीन सय ३७ जनामा एन्टिजेन परीक्षण गर्दा ८ सय ७५ जनामा कोरोना पुष्टि भएको हो।
यस्तै यो संगै कूल कोरोना संक्रमितको संख्या ६ लकः १६ हजार ८७ पुगेको छ। गत पछिल्लो समयमा ५ हजार २९३ जना कोरोनालाई जितेर निको भएका छन्।
,यो पछि हाल सम्म कोरोनालाई जित्नेको संख्या ५ लाख १५ हजार ५९१ पुगेको हो। गत २४ घन्टामा कोरोनाबाट ५९ जनाको ज्यान गएको छ ,यो संगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ८ हजार २३८ रहेको मन्त्रालयले जनाएको छ।

