Gold
Bangad salyan

रुकुम पश्चिममा एक बालकले गुफ्फाबाट निकाले अनौठो गणेशको मुर्ति

जेठ २८ ,रुकुम – कर्णाली प्रदेश रुकुम पश्चिमको आठबिकोट नगरपालिका वडा नम्बर १४ बाके सात्ततले गुफामा अनौठो गणेश भगवानको मुर्ति फेला परेको ।

स्थानीय धन बहादुर विकका ११ वर्षीय छोरा दीपक विकले उक्त गुफ्फामा मुर्ति फेला परेका हुन्। नगरपालिका अन्तर्गत रहेको सात्ततले गुफ्फामा आज सम्म कोहि पनि जना नसकने र दीपक विकले पुगेर मुर्ति समते ल्याएपछि उनलाई आठ्बिसकोट नगरपालिका स्थानीयले फूलमाला लगाएर सम्मान गरेका छन्।

त्यस्तै वडा नम्बर १४ का वडा अध्यक्ष हुकुम पुनलेपनि दीपकले मुर्ति ल्याएको बताए उनले सो मुर्ति किन्न प्रस्ताव राखेपनि दीपकले नदिने जनाएका हुन्।

मुर्ति निकाल्दा गणेशको दाहिने हात भने भाँचीएको दीपक बताउछन। उनका अनुसार गुफ्फामा अनौठा थुप्रै खालका मुर्ति समेत आफुले देखेको बताए।

गणेश मुर्ति रातिमा बल्लने गरेको र आफुले कसैलाई नदिने समेत उनले बताए ,निम्न परिवारमा जन्मेका दीपकलाई मुर्ति किन्न अहिले धेरैले पैसाको प्रलोभन समेत देखाएको उनि बताउछन। तर मुर्ति आफुले कसैलाई नबेच्ने दीपकले बताए।