प्रधानमन्त्री ओलीलाइ मार्ने षड्यन्त्र नभई गन्ध आएको होईन हामि तेसै छोडदैनौ: महेश बस्नेत
जेठ २९ ,काठमान्डौ – नेकपा (एमाले)का नेता महेश बस्नेतले नेपाली कांग्रेसका वाग्मती प्रदेशसभा सदस्य नरोत्तम वैद्यलाई कारबाही गर्न सरकारसँग माग गरेका छन्।
सञ्चारकर्मीसँग शनिबार भर्चुअल माध्यमबाट कुरा गर्दै उनले प्रदेशसभाको शुक्रबारको बैठकमा वैद्यले दिएको अभिव्यक्ति संसदीय मर्यादाविपरीतको भएकोले त्यतिकै नछोडिने उनले बताएका हुन्।
वैद्यले प्रधानमन्त्री ओलीलाई हत्याको संकेत गर्नु भनेको कांग्रेसको योजनाबद्द हो ,जसको गन्ध बाहिर आएको छ हामि यसको गम्भीर रुपले छलफल गर्दैछौ बस्नेतले भने।
प्रधानमन्त्री ओलीलाई मार्ने योजना बनेकै कारण यो कुरा बाहिर आएको छ वैद्यको अभिव्यक्तिलाई क्षणिक आक्रोशका रुपमा लिन सकिदैन उनले भने ।
एमाले भित्र आन्तरिक कलह रहेकोबेला सत्ता सत्ताप्राप्तिका लागि प्रधानमन्त्रीको ज्यानै लिने षड्यन्त्र बनाउँदै गरेको रहस्य बाहिर आएको छ यसमा को कसको सहभागिता त्यसलाई खोजिने पनि बस्नेतले बताए।
बागमती प्रदेशसभा सदस्य नरोत्तम वैद्यले प्रदेशसभाको बैठकमा प्रधानमन्त्री ओलीले यस्तै अवस्थामा छोड्ने हो भने देश खाने भएको हुँदा तेसै छोडन नहुने बताएका थिए ।
ओली प्रवृत्तिका कारन देश बचाउन नाथुराम गोड्से बन्न तयार हुनुपर्ने, अरु तयार नभए आफै बन्न तयार हुने अभिव्यक्ति दिएका थिए । नाथुराम गोड्से ती व्यक्ति हुन् जसले भारतमा महात्मा गान्धीलाई गोली हानेर हत्या गरेका थिए ।
वैद्यले प्रदेशसभामा दिएको यस्तो अभिव्यक्तिले चर्ताफी आलोचना भईरहेको छ। यस्तै उनले प्रदेशसभाको आज बसेको बैठकमा बोल्दै शुक्रबारको बैठकमा आफूले प्रधानमन्त्री केपी ओलीको प्रवृत्तिबाट आजित भएर आवेगमा आएर यस्तो बोलेको भन्दै मागी मागेका छन् ।