Gold
Bangad salyan

उपत्यकामा थप एक सात निषेधाज्ञा थप्ने तयारी केहि क्षेत्रलाई खुल्ला गरिने

जेठ ३० काठमान्डौ – उपत्यकामा थप एक सात निषेधाज्ञा थप्ने तयारी भईरहेको छ। काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठक बसेर निषेधाज्ञा थप्ने तयारी गरिएको हो।

कोरोनाको दर घटेको जस्तो देखिएपनि संक्रमणको जोखिम उत्तिकै भएकोले एक साता थप निषेधाज्ञा थपिने तर जनजीवनलाई केहि खुकुलो पार्ने काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले बताए।

निश्चित क्षेत्रलाई थप खुकुलो बनाउदै जान्छौ विशेष त अहिले खाद्यन तरकारी फलफूल पसल खोल्ने समय बढाउने भनेन छ ,हाल सम्म खाद्यान्न पसल बिहान ९ बजे सम्म खुल्ला गरिएको थियो।

त्यस्तै अहिले देशभर धान रोपाई हुने कृषिजन्य काम भएको हुँदा मल बिउ बिजन क्षेत्रलाईपनि प्राथामिकता दिने कुरा चलिरहेको छ। गृह प्रशासनले असार पहिलो साताबाट सवारीसाधनमा जोर–विजोर प्रणालीमा सञ्चालन गर्न दिने तयारी गरेको थियो ।

तर स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले त्यसमा असहमति जनाएका छन् । यो सम्बन्धि अहिले तात्काली कुनै निर्णय नहुने पराजुलीको भनाइ छ। कोरोना संक्रमणबढेपछि नेपालमा वैशाख १६ गतेबाट निषेधाज्ञा जारि गरिएको थियो। जारि निषेधाज्ञा भोलि सकिदै छ।