गाई काटेर मासु बेच्ने दुई जना प,क्राउ

जेठ ३०, भोजपुर – गाई काटेर मासु वितरण गरेको अभियोगमा प्रहरीले दुई जनालाई प,क्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा भोजपुर नगरपालिका–४ एक्लेटोल बस्ने २६ वर्षीय पेम्बा तामाङ र सोही ठाउँ बस्ने ६० वर्षीय पुर्ण बहादुर तामाङलाई प्रहरीले प,क्राउ गरेको हो ।

पूर्णको गुवाली घरमा गाई काटेको अभियोगमा अनुसन्धान गर्दा उनिहरुको साथबाट १ सय ५० किलो गाईको मासु , गाईका खुट्टा र टाउको समेत प्रहरीले फेला पारेको छ ।

अनुसन्धानमा भेटनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र संखुवासभा सम्पर्क केन्द्र भोजपुरबाट चिकित्सक समेतको टोली सो स्थानमा पुगेको थियो । प,क्राउ गरिएका हरुलाई थप अनुसन्धान भैइरहेको जनाईएको हो ।