ज्ञानेन्द्र शाही समूहले मदिरा सेवन गरेर हो हल्ला गरेपछि सुर्खेतमा कुटपिट गरेको खुलासा (दुवै पक्षको मिलाप )
जेठ ३० ,सुर्खेत – ज्ञानेन्द्र शाही समूहले सुर्खेतमा मादक पदार्थ सेवन गरेर हो हल्ला गरेपछि सुर्खेतमा स्थानीयले कुटपिट गरेको खुलेको छ।
निषेधाज्ञामा स्वास्थ्य सामग्री लगेर सुर्खेत पुगेको बेला ज्ञानेद्र शाहीसहितको समूहलाई वीरेन्द्रनगर नगरपालिका १३ करेखोला भन्ने स्थानमा अस्तिराती ११ बजे आक्रमण भएको थियो ।
आक्रमण गर्ने पाँच जनालाई सुर्खेत प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गर्दा ज्ञानेद्र शाही समूहले मदिरा सेवन गरेको र आफूहरुले पनि मदिरा सेवन गरेकोबेला दुवैतर्फ झडप भएको उनीहरुले बताएका छन् ।
सुर्खेतका प्रहरी प्रमुख राजेन्द्र भट्टका अनुसार पनि त्यो दिन झडप हुँदा दुवै पक्षलाई घटनास्थलमा पुगेर प्रहरीले उद्दार गरेको बताएका थिए।
शाहीले सामाजिक सन्जालमा आफूसहित राजेश महत, कृष्ण पान्डे, तिलक बस्नेत, नितु खड्का, लोक बहादुर रोकाय, शान्त शर्मा, सीता आचार्य, महेश बीसी र खगेन्द्र बजगाईंमाथि आक्रमण भएको बताएका थिए।
पक्राउ परेका र शाही समूहलाई नजिकै राखेर छलफल गर्दा दुवै पक्षले आ -आफ्नो गल्ति स्वीकार गरेका छन्। त्यस्तै ज्ञानेद्र शाही समूहलाई भने मदिरा सेवन गरेको भनेर एक महिलाई बोल्न लगाएको भन्दै ति महिलाले बताएकि छिन।
आफुहरुले भने कुनै मदिरा सेवन नगरेको शाहीले बताउदै आक्रमण गर्नेहरुलाई एक पटक माफी दिएको सामाजिक संजाल मार्फत बताएका छन्। ज्ञानेद्र शाहीलाइ करिब एक वर्ष पहिलेपनि सुर्खेतमा कुटपिट गरिएको थियो। त्यस्तै शाहीलाई चितवनमा पनी कुटपिट गरिएको थियो।
सामाजिक अभियान्ता ज्ञानेन्द्र शाही माथिनै पटक -पटक किन हमला हुन्छ भन्ने विषयमा भने आम नागरिकको चासो छ। सामाजिक अभियन्ता धेरै छन् तर किन शाही माथिनै आक्रमण हुने गर्छ त भन्दै धेरैले सामाजिक सञ्जालमा प्रश्न गरेका छन्।
ज्ञानेन्द्र शाहीले सामाजिक अभियान्ताको नाममा अराजक भाषाशैली प्रयोग गर्ने गरेको आम नागरिकले बताएका छन्। यस्तै उनले धेरै जस्तो नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई अपशब्द प्रयोग गरेको पाईन्छ भने उनि राज्यका निकायमा मिडिया जम्मा गरेरे पस्ने गरेको देखिन्छ।
केहि महिना अगाडी मात्र पनि ज्ञानेन्द्र शाही स्वास्थ्य मन्त्रालयमा पुगेर मन्त्री हिर्देश त्रिपाठीमाथि अराजक बन्न खोजेका थिए। लगतै मन्त्रीले तपाईसंग कुनै गुनासो छ भने पत्रमा राख्नुहोस मलाई प्रश्न नगर्नुहोस म पछि जवाफ दिन्छु भनेपछि त्याँहाबाट निस्कीएका थिए।
विभिन्न खाले देशी विदेशी तत्वहरुबाट परिचालित हुनु ,आफूसंग कुनै ज्ञान नहुन ,बोल्ने शैली नजान्नु ,प्रस्तुत हुँदा अराजक भाषामा बोल्नु ,कुनैपनि राज्यका नेता कार्यकर्तालाई गालि गर्नु ,पत्रकारलाई पार्टीका झोले भन्नु तथ्य नभई भ्रस्टचारको दाग लगाउनु ,आफै कानुन, निकाय बन्न खोज्नु जस्ता उनका थुप्रै कमजोरीले उनीमाथि कुटपिट हुने गरेको नागरिक बताउछन।

