ज्ञान बहादुर समूहको मापसे रिपोर्ट बाहिरीएपछी सुर्खेतका स्थानीयले गरे कारबाहीको माग

जेट ३१, काठमान्डौ – ज्ञान बहादुर शाहीलाई सुर्खेतका स्थानीयले कारबाहीको माग गरेका छन ।

शाही समूहले सामाजिक अभियन्ता भन्दै निषेधाज्ञामा स्वास्थ्य सामग्री लगेर सुर्खेत पुगेको बेला मदिरा सेवन गरेर महिलाहरुलाई अप्शब्द बोलेपछि विरेन्द्रनगर नगरपालिका १३ करेखोलामा युवाहरुले कुटपिट गरेका थिए ।

हिजोमात्र दुवै समूहलाई राखेर छानबिन गर्दा एक अर्काले गल्ती स्वीकार गरेका हुन ।

त्यस्तै ज्ञान बहादुर शाही समूहको अस्पतालमा मापसे जांच गर्दा समेत उनिहरु सबैले मदिरा सेवन गरेको रिपोर्ट भिडियो बाहिरीएको छ ।

ज्ञान बहादुरले आफै मदिरा पिउने र सुर्खेतका युवाहरुलाई अपराधी भनेर सामाजिक संजालमा भिडियो तस्वीर पोस्ट गरेपछि सुर्खेतका स्थानिय सरोकारवालाहरुले उनलाई कारबाहीको माग गरेका हुन ।

शाही समूहलाई कारबाहीको माग गर्दै जिल्ला प्रहरी कार्यलयमा नाराबाजी गरिएको छ । उनीहरुले ज्ञाने शाही मुर्दावाद मदिरा सेवन गरि अपशब्द बोल्न पाईदैन जस्ता नारा लगाएको देखिन्छ ।