जनमोर्चाबाट कारबाही पाएका कृष्ण थापालाई सांसद पदमुक्त गर्ने निर्णय सर्वोच्चबाट सदर

जेठ ३१,काठमाडौँ- सर्वोच्च अदालतले राष्ट्रिय जनमोर्चाबाट कारबाही पाएका कृष्ण थापाको सांसद पदमुक्त गर्ने निर्णय सदर गरेको छ।

पार्टी निर्णयअनुसार सांसद पदबाट पदमुक्त भएका थापाले सर्वोच्च अदालतले अन्तरिम आदेश दिएर संसदमा पुनर्बहाली गरेका थिए।

थापालाई उनको दल राष्ट्रिय जनमोर्चाले निष्कासन गरेको पत्र प्रदेशसभा सचिवालयमा दिएपछि सभामुख नेत्रनाथ अधिकारीले उनको पद रिक्त रहेको भनी प्रदेशसभा बैठकमा जानकारी गराएका थिए ।

सांसद थापाले आफूलाई पदमुक्त गर्ने निर्णयविरुद्ध सर्वोच्चमा रिट दिएका थिए । उक्त रिटको सुनुवाई गर्दै सर्वोच्चका न्यायाधीशद्धय विश्वम्भरप्रसाद श्रेष्ठ र कुमार रेग्मीको संयुक्त इजलासले थापाको सांसद पद खारेज गर्ने निर्णय सदर गरेको हो।

यसअघि सांसद थापाले गण्डकीमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सदनमा पेश गरेको विश्वासको मत प्रस्तावको विपक्षमा मतदान गर्ने पार्टीको। ह्विप उल्लङ्घन गरेका थिए।

थापाले ह्विप उल्लङ्घन गद्रै तथस्ट बसेका थिए ,त्यसपछि जनमोर्चाले उनलाई दोस्रोपटक सांसद पदबाट मुक्त गरेका थियो।

अहिले गण्डकीमा नेपाली कांग्रेसक नेता कृष्णचन्द्र नेपाली पोखरेल मुख्यमन्त्री बनेका छन्। थापाले गण्डकीमा प्रदेश सभामा पार्टी निर्णय विपरीत एमाले नेतृत्वको सरकारलाई समर्थन जनाउँदै आएका थिए।