मोरङमा गर्भवती महिलालाई दलित भन्दै कुटपिट गर्दा मानसिक सन्तुलन गुम्यो
असार ३ ,काठमाडाैं – मोरङमा तिन महिने गर्भवती महिलालाई कुटपिट गर्दा उनको होस् गुमेको छ ।
मोरङको कानेपोखरी गाउँपालिका ५ चिसाङ बस्तीकी देवीका मगर र बिनिता मगरले कुटपिट गर्दा स्थानीय २५ बर्षीय शोभा दर्जीको मानसिक सन्तुलन गुमेको पाईएको छ।
शोभाको हाल सुनसरीको धरान स्थित बिपी प्रतिष्ठानको मानसिक विभागमा उपचार भइरहेको छ । उनलाई अस्पतालमा दिरोले बाँधेर राखीएको छ।
उनीमाथि निर्मम चरण यातनाले गर्दा होस् गुमेको असपताल्का डाक्टरहरुले बताए। सिम चोरी गरेको झुटा आरोप लगाउँदै देवीका मगरको परिवारले सोभा दर्जीमाथि निर्घात कुटपिट गरेको थियो।

