Gold
Bangad salyan

तल्लो जात भन्दै कोठा भाडामा नदिने घरबेटिविरुद्ध रूपाले गरिन उजुरी

असार ४ , काठमान्डौ – तल्लो जातको भन्दै कोठा भाडा नदिने घरबेटीविरुद्ध रूपा सुनारले प्रहरीमा जाहेरी दिएकी छिन् ।

संचारकर्मी सुनारले तल्लो जात भन्दै कोठा भाडा नदिएकी काठमाडौं महानगरपालिका– ११ बबरमहलकी सरस्वती प्रधानविरुद्ध ​बिहीबार महानगरीय प्रहरी वृत्त सिंहदरबारमा जाहेरी दर्ता गराएकी हुन् ।

उनले आफूमाथि भएको विभेदविरुद्ध अधिकारकर्मी , पत्रकार र कानून व्यावसायीको उपस्थिती र छलफल जातीय भेदभाव छुवाछुत तथा कसुर र सजाय ऐन, २०६८ अनुसार प्रहरीमा जाहेरी दर्ता गराएकी हुन् ।

तल्लो जात भन्दै घरबेटिले कोठा भाडा दिन रुपालाई अस्विकार गरेको उन्को गुनासो छ ।
मंगलबार उनी साथीसँग कोठा खोज्न प्रधानको घरमा पुगेकी थिईन् । प्रधानको घरमा कोठा खाली थियो ।

कुराकानी पछि कोठा दिन मन्जुर भएको, कोठा दिइसकेपछि घरधनी प्रधानले कुन थरको भन्ने प्रश्न गरेको र जवाफमा सुनारले ‘ कामीकी छोरी’ भनेकी थिइन् ।

जवाफ सुन्ने बित्तिकै घरधनी प्रधानले अनकनाउँदै साँझ फोनमा जानकारी दिने बताइन्। साँझ फोनमा घरधनी प्रधानले कोठा दिन नसक्ने बताएकि हुन भने ।