झाक्रीले झारफुक गर्छु भन्दै पनिउले डामेर बिरामीको ज्यान लियो
असार ४, गुल्मी – गुल्मीमा झारफुकको नाममा झाँक्रिले पनिउले हानेर एकजनाको ज्यान गएको छ ।
झारफुक गर्ने क्रममा रेसुङ्गा नगरपालिका – १ का ३८ बर्षिया राम प्रसाद श्रेष्ठले तातो पनिउले हानेर जिल्लाको इस्मा गाउँपालिका – ३ दर्लामचौरका ६३ बर्षिया राम बहादुर मुखियाको ज्यान गएको प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रविणलाल श्रेष्टले जानकारी दिए ।
राम बहादुर ढाड दुखेकोले झारफुक गर्न भन्दै दुई छोराहरुको साथमा तम्घास धामिकै घरमा आएका थिए ।
चारदिनसम्म पनि रामबहादुरलाई खान नदिई तातो फलामे डन्डी, स्टिलको झाँझर तताएर तथा प्लास्टिक पाइपले हानेको मृतकका छोरा हुम बहादुरले बताए ।
बुधबारबाट मुखिया अचेत भएपछि धामि स्वयम् श्रेष्ठले आफ्नो घरमा केही अपरिचित व्यक्ति आई हल्ला मच्चाएको भनि प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।
उनको उजुरीपछि प्रहरी निरिक्षक सन्तोष चन्दको नेतृत्वमा उनकै घर पुगेको प्रहरीको समुहले धामिले हानेर मुखियाको मृत्यु भएको रहस्य पत्ता लगाएको हो ।
मृतक रामबहादुरको सबैजसो भागमा डामहरु रहेका छन् । आफुलाई धामि भन्ने श्रेष्टले रेसुङ्गा नगरपालिका ५ भुवनपानीकी ४० बर्षिय टोपला दमाईलाई पौष २४ गते आफ्नै घरमा बोलाई र मृतकका छोरा ३४ बर्षिया हुम बहादुरलाई तातो पनिउले हानि घाइते बनाएका छन् ।
अहिले घाइतेको जिल्ला अस्पताल गुल्मीमा उपचार भइरहेको छ भने शवको पोष्ट मार्टमको लागि अस्पतालमा राखिएको छ । घटनामा संलग्न ३८ बर्षिया रामप्रसाद र उनकी श्रीमती ३६ बर्षियलाई प्रहरीले पक्राउ गरेको छ ।
स्थानीयका अनुसार यो भन्दा अगाडीपनि बिरामीको ज्यान लिएको हुनसक्ने बताएका छन्। झाक्रीले बिरामीलाई राखेको भन्दै कसैलाई प्रवेश पनि गर्न नदिएको स्थानीय बताउछन।

