Gold
Bangad salyan

सिन्धुपाल्चोकमा बाढीबाट सम्पर्क बिच्छेद बनेका गाँउमा हाम्रो टिम नेपालले हेलिकोप्टरबाट खाद्यान्न उपलब्ध गरायो ,

असार ४ काठमान्डौ – सिन्धुपाल्चोकका बाढी पिडितलाई हाम्रो टिम नेपालले प्रभुको हेलिकोप्टर भाडामा लिएर खाद्यानन उपलब्ध गराएको छ।

बाढीले सम्पर्क बिच्छेद भएका बाढीपीडित विकट गाउँहरूका बासिन्दालाई खाद्यान्न, ओढ्ने ओछ्याउने, लत्ता कपडा, औषधी, जेनेरेटर जस्ता अत्यावश्यकीय सामाग्री टिमले आज उपलब्ध गराएको हो।

प्रति घण्टा १ लाख ५० हजार भाडा तिरेर हाम्रो टिम नेपालका अभियानता ईशा गुरुङ ,सुनिता गुरुङ्ग बिमल पन्त ,उमेश बोहरा नेपाल सरकारका पूर्वसचिव भिम उपाध्याय अभिनेत्री स्वेता खड्का लगायतले बाढीले सम्पर्क विच्छेद भएका स्थानमा हेलिकोप्टर मार्फत अत्यावस्यक सामग्री उपलब्ध गराएका हुन्।

यस्तै बाढी पिडित क्षेत्रमा पुगेर हाम्रो टिम नेपाल र राईजिङ्ग १०० ग्रुपले खान, नास्ता चिया, पनि खुवईरहेको छ। पछिल्लो समय हाम्रो टिम नेपालले नेपालका अधिकांस जिल्लामा गरिब दिन दुख पिडामा परेका बिरामी लगायतलाई आर्थिक भौतिक सहयोग गर्दै आईरहेको छ।

मंगलबार राति सिन्धुपाल्चोकको मेलम्ची र इन्द्रावती नदीमा आएको बाढीलेले भारतीय र चिनियाँसहित २० जना वेपत्ता छन् भने अर्बौको धनमाल क्षति गरेको छ।बाढीले क्षति ग्रस्त भएको सिन्धुपाल्चोकमा अहिले सञ्चारमध्यम बन्द छ भने आवतजावत गर्ने अधिकांस पक्कि पुल बगाएको छ।