Gold
Bangad salyan

सुन्दर ढोका साथी सेवा हेलिकोप्टरमार्फत स्वास्थ्य सामाग्री लिएर बाढी पिडित क्षेत्र हेलम्बु प्रस्थान

असार ५ ,काठमान्डौ – सुन्दर ढोका साथी सेवाले सिन्धुपाल्चोक हेलम्बुमा बाढी पिडितलाई हेलिकोप्टरमार्फत स्वाथ्य सामाग्री राहत लगेर हस्तान्तरण गरेको छ।

कोरोना महामारीकै बेला सिन्धुपाल्चोकमा ठुलो बाढीले क्षति ग्रस्त गरेपछि सुन्दर ढोका साथी सेवाले कोरोनाका अत्यावस्यक स्वास्थ्य सामाग्री किट्स ,हाईजिन सेनिटाईजर माक्स लगायतका सामाग्रीहरु लगेर पिडितलाई हस्तान्तरण गरेको छ।

विश्वमा फैलीएको कोरोना भईरससंग लडिरहेको नेपालमा बाढीसंग थप लड्नुपरेको छ। सुन्दर ढोका साथी सेवाले विगतका वर्षदेखिनै अपाङ्गहरुको निशुल्क उपचार र हेरचाह रगर्दै आईरहेको छ।

विगत ४ दिन देखि बाटो बिजुली फोन सबै सेवा अवरूद्ध र सम्पर्कबिहीन सिन्धुपाल्चोकका विकटका बाढी पीडित जनता समक्ष हेलिकप्टर भाडामा लिएर भएपनि सुन्दर ढोका साथी सेवाले अत्य्वास्यकका स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ।

तस्विर: बिजिता लुईटेल