Gold
Bangad salyan

मेलम्ची हेलम्बुका बाढी पिडितले भने हामीलाई अब लत्ता कपडा उपलब्ध गराईदिनु

असार ६ ,काठमान्डौ – मेलम्ची बाढी प्रभावितहरुले आफुहरुलाई लगाउने लुगा उपलब्ध गराईदिन आग्रह गरेका छन्।

राहत उपलब्ध गराईएपछि प्रतक्ष छलफलमा उनीहरुले दु:ख सुखमा खान पिउन पाएका छौ अब सक्नुहुन्छ भने लगाउने लुगा उपलब्ध गराईदिन अनुरोध गरेका हुन्।

सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बु क्षेत्रमा आएको बाढी र पहिरोबाट प्रभावित स्थानीय नागरिकहरु अहिले धेरै जनाको समुहमा विद्यालयभित्र बसेका छन्।

धेरिको संख्यामा एक साथ् बसिरहेको हुँदा सरसफाइ र सरुवा रोगको संक्रमण हुनसक्ने जोखिम समेत रहेको छ। महामारीकै बेला स्वास्थ्यलाई मध्यनगर गर्दै सुन्दर ढोका साथी सेवाले हिजो मात्र हेलिकोप्टरमार्फत ६०० वटा आकस्मिक हाइजिन किटको वितरण गरेको थियो।

हेलम्बु गाउँपालिकाका ७ वटा वडाका २१ ,हजार ५०० मध्ये ६५० घरधुरी बाढीले पुर्णरुपले बिस्तापित भएका छन् । अहिले केहि सामाजिक संथाले खाद्यान भाँडा कुँडा वितरण गरेका छन् सो क्षेत्रमा पूर्ण रुपले बत्तिको समस्या देखिएको । बाढीले पूर्ण रुपले क्षति गरेको यो ठाँउमा यातायातका साधान पुग्न तिन महिना लाग्ने पनि जिल्ला प्रशाशन कार्यालयले जनाएको छ।