Gold
Bangad salyan

कालोपत्रे नगरेको भन्दै स्थानीयले सडकमा धान रोपे

असार ६ ,धनगढी – धनगढीमा स्थानीय वासिन्दाले हिलाम्मे सडकमा धान रोपेका छन् । धनगढी उपमहानगरपालिका वडा नम्बर ५ हसनपुरका स्थानीयले ठेकेदारको लापरबाहीले तीन वर्षसम्म सडक कालोपत्रे नगरेको भन्दै सडकमै धान रोपेका हुन् ।

कालोपत्रे गरिएको सडकलाई पुनः कालोपत्रे गर्ने भन्दै सडक भत्काएपछि अहिले सम्म कालोपत्र नगर्दा स्थानीयले नाराबाजी गर्दै धान रोपेका हुन्। धनगढीको पुरानो हसनपुरदेखि शिवनगर जाने सडक निर्माण गर्न उपमहानगरपालिकाले वेवास्था गरेको उनीहरुको भनाई छ।

उनीहरुले स्थानीय जनप्रतिनिधिविरुद्ध नाराबाजी गरेका थिए । राजा आऊ देश बचाऊ’, ‘लाचार स्थानीय सरकार मुर्दावाद’ लगायतका उनीहरुले नारा लगाएका हुन् भने तत्काल सडक कालोपत्रे नभए कडा आन्दोलन समेत गर्ने चेतावनी दिएका छन्।